गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज सिक्किम अनि सिक्किमेली जनसमुदायको कल्याण अनि समृद्धिको निम्ति पहाड़ी माता मन्दिरमा आज बिहान पूजा अर्चना गरे।

जानकारी गराइन्छ, मुख्यमन्त्री तामाङले यसअघि पनि धेरैपल्ट पहाड़ी माता मन्दिरमा पुगेर सिक्किम अनि सिक्किमेली जनसमुदायको सुख, शान्ति, समृद्धिको निम्ति पूजा अर्चना गरिसकेका छन्।










