चुनाव र मतदान विषयमा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई लिएर सचेतना कार्यक्रम सम्पन्न

IMG-20240315-WA0211.jpg

खरसाङ: आगामी लोकसभा चुनावलाई ध्यानमा राखेर खरसाङ महकुमा प्रशासन र सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट चुनाव सम्बन्धमा लगातार सचेतना कार्यक्रम आयोजना गर्दै आइरहेको छ। यसै क्रममा खरसाङको रामकृष्ण उच्चत्तर माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई लिएर चुनाव र मतदान विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई लिएर बस अनि चित्र बनाऊ प्रतियोगिता पनि आयोजना गरिएको थियो। यस कार्यक्रममा खरसाङको डेपुटी म्याजिस्ट्रेट कैलास प्रसाद र खरसाङ महकुमा सूचना अनि सांस्कृतिक विभागको अधिकारी अनुरूप दाम पनि उपस्थित भएर चुनाव र मतदान विषयमा सचेतना गराएका थिए। यसै अवसरमा खरसाङ महकुमा शासक कार्यालयका कर्मचारीहरूले भीभी प्याड विषयमा सचेतना पनि गराएका थिए। उक्त कार्यक्रम खरसाङको स्कट मिशन कन्या उच्चत्तर माध्यमिक विद्यालयमा पनि सम्पन्न गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरूलाई चुनाव र मतदान विषयमा पनि सचेतना गराइएको जानकारी प्राप्त भएको छ। कार्यक्रममा विद्यार्थीहरू लगायत शिक्षिकाहरू पनि उपस्थित रहेका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई चुनाव र मतदान विषयमा पनि जानकारी गराइएको छ। विशेष गरी विद्यार्थीहरूलाई मतदान प्रणाली विषयमा सचेतना र चुनावमा भाग लिने विषयमा पनि सचेतना गराइएको छ। विशेष गरी चियाबारी र गाउँ बस्तीका अभिभावकहरूलाई चुनाव र मतदान विषयमा सचेत गराउन विद्यार्थीहरूलाई सचेत गराइएको छ।

यस प्रकारका कार्यक्रम खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूमा आयोजना गरिरहेको सूचना अनि सांस्कृतिक विभाग खरसाङको तर्फबाट जानकारी प्राप्त भएको छ।

About Author

Advertisement