नयाँ दिल्ली: दक्षिण अफ्रिकी पेस बलर लुंगी एनगिडीलाई चोट लागेको छ अनि उनले आउँदो इण्डियन प्रीमियर लीग (आईपीएल)-मा हिस्सा लिन सक्नेछैनन्। दिल्ली क्यापिटल्सले उनको स्थानमा अलराउण्डर ज्याक फ्रेजर-म्याकगर्कलाई टीममा सामेल गरेको छ। आईपीएलमा एनगिडीले १४ वटा म्याच खेलेर २५ विकेट हासिल गरेका छन्। यसपाली चाहिँ ढाड़को तल्लो हिस्सामा लागेको चोटले गर्दा उनी यस प्रतिष्ठित टी२० लीगबाट बाहिर भएका छन्। क्रिकेट दक्षिण अफ्रिकाको बयान अनुसार, पेस बलर लुंगी एनगिडीलाई दिल्ली क्यापिटल्स फ्रेञ्चाइजीले आईपीएल २०२४-बाट रिलीज गरेको छ। यस २७ वर्षीय खेलाड़ीलाई एसए२० प्रतियोगितामा प्लेअफ्-को अवधि चोट लागेको थियो। उनी अहिले क्रिकेट दक्षिण अफ्रिकाको मेडिकल टीमको देखरेखमा उपचार गराइरहेका छन्। यसबीच दिल्ली क्यापिटल्सले एनगिडीको स्थानमा ज्याक फ्रेजर-म्याकगर्कलाई टीममा सामेल गरेको छ। फ्रेजर-म्याकगर्कले अष्ट्रेलियाको निम्ति दुईवटा वनडे म्याच खेलेका छन्। उनलाई ५० लाख रुपियाँको आरक्षित मूल्यमा दिल्लीको फ्रेञ्चाइजीमा सामेल गरिएको छ।