जाँचमा जुट्यो इनकम ट्याक्स
काेलकाता: डाउन गंगासागर एक्सप्रेसको बी-६ बगीमा गए बिहीवार टिकटबिनै यात्रा गरिरहेका एक यात्रीलाई आसनसोलमा समातियो। त्यसपछि जाँचबुझ गर्दा उसको कब्जाबाट एउटा ट्रली जफत गरियो जसमा ५० लाख रुपियाँ नगद थियो।
यात्रीको असामान्य व्यवहार देखेर शंका लागेपछि आरपीएफले उसलाई पक्राउ गरिएको थियो। यति ठूलो धनराशिको बारेमा जानकारी प्राप्त हुनसाथ इनकम ट्याक्स डिपार्टमेन्ट जाँचमा जुटेको छ।
आरपीएफद्वारा आधिकारिक रूपमा शुक्रवार जारी बयानमा बताइएको छ, सम्बन्धित व्यक्तिको ट्रली खोलेर हेर्दा त्यहाँ ५० लाख रुपियाँ नगद भेटियो। ती व्यक्तिले यति धेरै पैसा लिएर रेलमा किन यात्रा गरिरहेका थिए, पैसाको श्रोत के हो आदि जस्ता प्रश्नहरूलाई लिएर आयकर विभागीय अधिकारीहरूले जाँच गरिरहेका छन्।
आरपीएफले पक्रा परेका व्यक्तिको नाम बिहार निवासी मोहित कुमार (२१) बाताएकाे छ। जाँचबुझमा मोहितले दाबी गरे, तिनी गंगासागर एक्सप्रेस मार्फत हावड़ा गइरहेका थिए। आरपीएपीको आसनसोल डिभीजनका कमाण्डेन्ट राहुल राजले बताए, गन्ती गरेपछि थाहा भयो कि ब्यागमा 50 लाख रुपियाँ नगद थियो। त्यसपछि मोहित नामक युवकलाई अग्रिम जाँचको लागि आयकर विभागलाई सुम्पिइएको छ। धनराशिलाई जफत गरिएको छ।
आयकर विभागीय सूत्र मुताविक मोहितले अहिले मुख खोलेका छैनन् कि उसले पैसा कहाँबाट ल्याएका हुन्। जाँचकर्ताहरू अऩुसार युवकलाई कसैको पैसा पुऱ्याउने काम सुम्पिइएको थियो।