फिफाद्वारा फूटबल विकासमा निवेश बढ़ाएर २.२५ बिलियन अमेरिकी डलर

IMG-20240315-WA0177.jpg

जिनेवा: फिफा परिषदले सर्वसम्मतिमा वार्षिक रिपोर्ट २०२३-लाई स्वीकृति प्रदान गरेको छ र फूटबल विकासमा निवेश २.२५ बिलियन अमेरिकी डलरसम्म बढ़ाए‌को छ। विश्व फूटबल सर्वोच्च निकायले बिहिवार उक्त घोषणा गऱ्यो।फिफाले २०२३-२६ चक्रको बजट २०१६ भन्दा पहिला विकास कार्यक्रमहरूमा निवेशभन्दा लगभग सात गुना अधिक रहेको पुष्टि गरेको छ। वार्षिक रिपोर्टलाई अन्तिम अनुमोदनको निम्ति १७ मई, २०२४-मा थाईल्याण्डको ब्यांककमा ७४औं फीफा कांग्रेसमा प्रस्तुत गरिनेछ। कांग्रेसमा २०२७ फिफा महिला विश्व कपको आयोजनमाथि मतदान हुनेछ। फिफा महिला विश्व कप २०२७-को आयोजनको निम्ति ब्राजील, बेल्जियम, जर्मनी, नीदरल्याण्ड, म्याक्सिको र संयुक्त राज्य अमेरिका होड़मा छन्। यसबाहेक फिफा परिषदले फूटबलमा नस्लवाद विरुद्ध लड़्ने फिफा अध्यक्ष जियानी इन्फेनटिनोको आह्वानको पनि समर्थन गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *