खरसाङमा ४२औं शाक्य ट्रिजिन रत्न वज्र रिम्पोछेको आगमन, दिए शान्ति र प्रेमको शिक्षा

WhatsApp-Image-2024-03-15-at-13.18.19

खरसाङ: वर्तमान समयमा मानव मूल्यबारेमा खस्किँदै समाजमा मानव मूल्यका कुराहरू बुझ्न आवश्यक भएको छl यस्तै मानव मूल्यको बारेमा आज (१५ मार्च) खरसाङको श्याक्य कुङ्गा शेडुप-लिङ मोनास्ट्री (इन्स्टिच्युट)मा ४२औं शाक्य ट्रिजिन रत्न वज्र रिम्पोछेले आशिर्वचनका साथ सबैलाई बुझाएl उनले बौद्ध धर्मको महत्त्वबारे अनि यसभित्र रहेका मानव मूल्यका महत्त्वपूर्ण कुराहरू प्रवचनद्वारा बताएl आफ्नो प्रवचनमा उनले यस संसारमा दु:ख-पीडाहरूबाट मुक्ति पाउनका लागि सम्पूर्ण प्राणीहरूमा दया-माया, स्नेहको भावना राख्नुपर्ने बताएl आफ्नो नकारात्मक सोच-विचारहरूलाई सच्याएर बारम्बार परोपकारी सोच्न राख्नुपर्ने बताउँदै उनले भने, ‘राम्रो विचार भएको परोपकारी सोचले परिवारमा पनि सुख, शान्ति, सम्वृद्धि, मेलमिलाप हुनेछl’

दु:ख-पीडा, अड्चनहरूले नराम्रो असर गर्ने उनी बताउँछन्l उनले भने, ‘घर-परिवार, छिमेकी माझमा मेलमिलाप हुनुपर्छ, हितकारी कार्यहरू गर्नुपर्छl यस्तो हुँदा सुख, सम्वृद्धि, शान्ति र पूण्य प्राप्ति हुन्छl राम्रो फल प्राप्त हुन्छl’ ‘लोभ, रिस, अज्ञानता उत्पत्ति भएको खण्डमा राम्रो कार्य गर्नु सक्दैन’, उनले भनेl अरूको भलाई र परोपकारी सोच-विचार राख्नपर्ने उपदेश उनले सबै भक्तजनहरूलाई दिएl आफ्नो आशिर्वचनमा उनले हरेक व्यक्तिलाई दु:ख-पीडा, समस्याबाट मुक्त हुने अनि समाजमा शान्ति, प्रेम र सद्भावनालाई कसिलो बनाउनु पर्नेबारेमा बताएl ४२औं शाक्य ट्रिजिन रत्न वज्र रिम्पोछेको मुख्य निवास देहरादुनको राजपुरमा होl बुद्धगयाबाट कालेबुङ आगमन भएको हुँदा यसै अवसरमा यता खरसाङको श्याक्य कुङ्गा शेडुप-लिङ मोनास्ट्री (इन्स्टिच्युट)मा आएका हुन्l आज उनको दर्शन गर्न अनि आशिर्वचन सुन्न भक्तजनहरूको बाक्लो भीड जमेको थियोl

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *