दिव्यांग त्रिकोणीय टी२० क्रिकेट प्रतियोगिता आजदेखि

IMG-20240315-WA0131.jpg

काेलकत्ता: दिव्यांग क्रिकेट काउन्सिल अव् इण्डियाको तत्त्वावधानमा शुक्रवार (१५ मार्च)-देखि कलकत्तामा दिव्यांग त्रिकोणीय टी२० क्रिकेट ट्रफी २०२४ प्रतियोगिताको आयोजन गरिनेछ। बिहीवार टुर्नामेण्टको औपचारिक घोषणा अनि ट्रफी अनावरण गरिएको थियो। कार्यक्रममा पूर्व भारतीय क्रिकेटर अरुण लाल, बंगाल क्रिकेट एसोसिएशन (सीएबी)-का सीईओ चिन्मय नायक, रवि चौहान (महासचिव, डीसीसीआई), स्क्वाड्रन लीडर अभय प्रताप सिंह (संयुक्त सचिव, डीसीसीआई), अरुण सराफ (वेष्ट बेंगल क्रिकेट एसोसिएशन फर डिफरेण्टली-एबल्डका मुख्य संरक्षक), राजेश भारद्वाज (कर्पोरेट कम्यूनिकेशन कमिटीका अध्यक्ष, डीसीसीआई) र सुरेन्द्र अग्रवाल (डीसीसीआई दक्षिण भारतका अध्यक्ष)-को साथमा अन्य गण्यमान्य व्यक्तिहरूका उपस्थिति रहेको थियो। दिव्यांग त्रिकोणीय टी२० क्रिकेट प्रतियोगिता विभिन्न दिव्यांग व्यक्तिहरूद्वारा खेलिने एउटा अन्य प्रारूपको क्रिकेट हो। यसमा मुख्यधाराको क्रिकेटको आकर्षण र ग्ल्यामरबीच दिव्यांग क्रिकेटरको रूपमा क्रिकेटप्रेमीहरूका एउटा यस्तो वर्ग पनि रहेका छन्, जसलाई लामो समयदेखि अवहेलित गरिएको छ। दिव्यांग क्रिकेटमा ब्लाइण्ड क्रिकेट, मूक-बधिर क्रिकेट, शारीरिक विकलांगता क्रिकेट र व्हीलचेयर क्रिकेट जस्ता विभिन्न रूप सामेल हुनेछ। प्रतियोगिताको आयोजन बारासात स्थित आदित्य एकाडमीमा हुनेछ, जसमा तीनवटा राज्य पञ्जाब, उत्तर प्रदेश र पश्चिम बंगालका टीमहरूले हिस्सा लिनेछन्। टुर्नामेण्टबारे डीसीसीआई-का महासचिव रवि चौहानले भने, दिव्यांग त्रिकोणीय टी२० ट्रफी एउटा अनौठो मञ्च हो, जसले दिव्यांग क्रिकेटरहरूका प्रतिभा र दृढ़संकल्पलाई समाज अघि ल्याउँछ। हामी सदा समाजमा हरसम्भव बद्लाउ चाहन्छौं। दिव्यांग मानिसहरूले पनि जीवनमा आफूलाई चाहेको कुराहरू हासिल गर्न सक्छन् भन्ने हामी यस आयोजनको माध्यमले समाजमा जागरूकता सृष्टि गर्न चाहन्छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement