ब्याट र बल दुवैको साथ ‘हिट’ तनुश बने सर्वश्रेष्ठ खेलाड़ी

IMG-20240314-WA0224.jpg

मुम्बई: रणजी ट्रफीमा मुम्बईले रेकर्ड ४२औं पल्ट खिताब जित्यो । मुम्बईलाई च्याम्पियन बनाउनमा अलराउण्डर तनुश कोटियनले महत्त्वपूर्ण भूमिका निर्वाह गरे। एउटा शतक र पाँचवटा अर्द्धशतकको साथ ५०२ रन बनाउनको साथै २९ विकेट हासिल गर्ने तनुषलाई प्लेयर अव् द सीरीज चयन गरियो। उनले विदर्भ विरुद्ध फाइनल म्याचमा पनि महत्त्वपूर्ण ७ विकेट हासिल गरे । पुरस्कार जितेपछि तनुशले भने, सीजनको शुरुदेखि नै हामी यो रणजी ट्रफी जित्न चाहन्थ्यौं कारण दुई साल अघि हामी उपविजेता थियौं। हामी यस कपलाई जित्ने लगातार प्रयास गरिरहेका थियौं अनि अन्तमा यसलाई हासिल गरेर खुशी छौं। गत सत्रको प्रदर्शनले मलाई धेरै आत्मविश्वास दिएको थियो। उल्लेखनीय छ, मुम्बईका अलराउण्डर तनुशले तुषार देशपाण्डेसँग मिलेर बड़ौदा विरुद्ध क्वार्टर फाइनल म्याचमा रणजी ट्रफीको इतिहासमा दशौं विकेटको निम्ति सबैभन्दा ठूलो पार्टनरशीप (२३२ रनको) गरेका थिए। रणजी ट्रफीको यस सीजनमा मिजोरमबाट खेल्ने अग्नि चोपड़ा सर्वाधिक स्कोरर रहे। उनले ९३९ रन बनाए। यसरी सर्वाधिक विकेट हासिल गर्नेहरूका सूचीमा हैदराबादका तनय त्यागराजन ५६ विकेटको साथ शीर्ष स्थानमा रहे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement