मुम्बई: मुम्बईले आठ सालको खड़ेरी समाप्त गरी आफ्नै रेकर्डमा सुधार गर्दै ४२औं पल्ट भारतको शीर्ष घरेलु क्रिकेट टुर्नामेण्ट रणजी ट्रफीको खिताब जित्यो। आयोजक मुम्बईले विदर्भलाई १६९ रनले पराजित गन्यो। टुर्नामेण्टको ९० सालको इतिहासमा मुम्बई ४८औं पल्ट फाइनलमा खेलिरहेको थियो। वानखेड़े स्टेडियममा खेलिएको फाइनलको नतीजा त्यस समय नै तय भएको थियो जब विदर्भलाई ५३८ रनको लगभग असम्भव लक्ष्य हासिल भएको थियो। चौथो दिनको स्कोर ५ विकेटमा २४८ रनदेखि अघि खेल्दै विदर्भले बिहीवार १२० रन जोड़ेर रहल ५ विकेट गुमायो। मुम्बईका बलरहरूमा तनुश कोटियनले सर्वाधिक ४ विकेट लिए। यसबाहेक तुषार देशपाण्डे र मुशीर खानले २-२ विकेट हासिल गरे। आज विदर्भका कप्तान अक्षय वाडकर (१०२ रन) र हर्ष दुबे (६५ रन)- ले पहिलो सत्रमा सक्दो लड़ाइँ गरे। अन्तमा विदर्भको टीम आज ३६८ रन बनाएर अलआउट भयो। वाडकरले यस साल पहिलो शतक बनाउनको साथै सीजनमा ६०० रनको आँकड़ा पनि पार गरे। यसरी दुबेले प्रथम श्रेणीको करियरमा दोस्रो अर्द्धशतक बनाए। यी दुईले १९४ मिनटसम्म क्रीजमा डटेर २५५ बलको सामना गरेर छैटौं विकेटको निम्ति १३० रनको पार्टनरशीप गरे। दोस्रो सीजनको खेल शुरु भएपछि केही बेरपछि वाडकरलाई तनुशले आउट गरे। यो पार्टनरशीप तोड़िनको साथै मुम्बईको काम सजिलो भयो। वाडकरले १९९ बल खेलेर ९ वटा चौका र एउटा छक्काको साध १०२ रन बनाए। विदर्भले दुईपल्ट खिताब जित्नको साथै तीनपल्ट फाइनलमा हारको सामना गर्नु परेको छ।

दुबेले १२८ बल खेलेर ५ वटा चौका र जोड़ी छक्काको साथ ६५ रन बनाए। फाइनलमा मुम्बईले पहिलो ईनिंग्समा २२४ रन बनाएको थियो। त्यसपछि विदर्भको टीम केवल १०५ रनमा अलआउट हुँदा मुम्बईले पहिलो ईनिंग्सको आधारमा ११९ रनको बढ़त हासिल गरेको थियो। मुम्बईले आफ्नो दोस्रो ईनिंग्समा ४१८ रन बनाउँदा विदर्भलाई जीतको निम्ति ५३८ रन बनाउने लक्ष्य हासिल भएको थियो। यसबीच मुम्बई क्रिकेट संघ (एमसीए)-ले ४२औं पल्ट रणजी ट्रफी खिताब जित्ने टीमको पुरस्कार राशि दोब्बर गरिदिएको छ। यसरी अब च्याम्पियन टीमलाई ५ करोड़ रुपियाँको अतिरिक्त धनराशि प्राप्त हुनेछ।