११० करोड़ रूपियॉंको ड्रग्स जफत

3599640-47.webp

गुवाहाटी: कछार पुलिसले आज ११० करोड़ रूपियॉं मूल्यको ड्रग्स जफत गरेको छ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले सोशियल मिडिया एक्समा एक पोस्ट गरेर उक्त जानकारी दिएका छन्।

उनले लेखेका छन्, विश्वसनीय जानकारीको आधारमा कछार पुलिसले आज धोलाईको लोकनाथपुरमा एक अभियान चलायो। अभियान अवधि १२ किलोग्रामभन्दा धेरै हेरोइन र ब्राउन शुगर भेटियो। यसको दाम ११० करोड़ रूपियॉं बताइएको छ।

ड्रग्स साबुनदानीमा राखेर छालाको थैलोको माध्यमद्वारा छिमेकी राज्य ल्याउने कार्य गरिॅंदै थियो। यस क्रममा एक व्यक्तिलाई पनि पक्राउ गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement