शाहजहान शेखको सीबीआई हिरासत थप आठ दिन बढायाे

Sheikh-Shahajahan

कोलकाता: बसिरहाट अदालतमा अदालतले शाहजहान शेखको सीबीआई हिरासत थप आठ दिन बढाएको छ। शाहजहान शेख सन्देशखाली घटनाका मास्टरमाइन्ड हुन्, जहाँ महिलाहरूले तृणमूल कांग्रेस (TMC) का निलम्बित नेता शाहजहान शेख विरुद्ध यौन उत्पीडन र जग्गा कब्जाको आरोप लगाएका थिए।
५५ दिन फरार रहेका शाहजहान २९ फेब्रुअरीमा पक्राउ परेका थिए। शुरुमा उनीमाथि राज्यको सीआइडीले अनुसन्धान गरिरहेको थियो भने अदालतको आदेशपछि सीबीआईलाई जिम्मा दिइएको थियो। अर्कोतर्फ प्रवर्तन निर्देशनालय (इडी)ले सन्देशखालीमा शाहजहानसँग जोडिएका केही व्यवसायीको घरमा छापा मारेको छन्। स्रोतका अनुसार सन्देशखालीमा रासन घोटाला बाहेक माछा निकासीमा पनि घोटाला हुने गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement