गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यको नेतृत्वमा गरिएको एक पहल ‘हाम्रो संकल्प, विकसित भारत, पुष्पित सिक्किम’ अन्तर्गत राजभवन परिसर ट्यूलिप फूलहरूले मनमोहक बनेको छ। राजभवन परिसरमा ट्यूलिप फूलहरू फूलेपछि राज्यपालले हर्ष व्यक्त गर्दै ट्यूलिप केवल सौन्दर्यको प्रतीक होइन, तर सिक्किमका मानिसहरूको आफ्नो संकल्पहरूलाई साकार बनाउने इच्छाशक्तिलाई पनि प्रतिनिधित्व गर्दछ भनेका छन्।
राजभवनले आज जारी गरेको प्रेस बयान अनुसार, सिक्किम राजभवनमा ट्युलिप फूल फुल्नु निकै रोचक छ। ट्यूलिप फूल सामान्यतया जम्मू कश्मीरमा मात्र देखिन्छ तर अब सिक्किममा फूलेको देखेर सबैको अनुहार उज्यालो भएको छ।
‘हाम्रो संकल्प, विकास भारत, पुष्पित सिक्किम’ पहल अन्तर्गत राजभवनमा ट्युलिप किन नरोप्ने भन्ने सोंच बन्यो। राज्यपालका यी विचारबाट प्रेरित भएर राजभवन परिवारले “यस पटक हाम्रो सिक्किम राजभवनमा पनि ट्यूलिप फुल्नेछन्” भनी संकल्प लिए। यो संकल्पलाई साकार रूप प्रदान गर्न निके शोध गरिएको कुरा प्रेस विज्ञप्तिमा उल्लेख छ। राजभवनमा गहिरो रातो, बेबी पिंक, सेतो, पहेंलो र सुन्तला रंगका ट्यूलिपहरू रोपिएका छन्।

आज ट्यूलिपले राजभवनको सौन्दर्य र आभा बढाइरहेको छ। यससँगै कुनै पनि काम दृढ संकल्प र प्रतिबद्धताका साथ गरियो भने असम्भव केही हुँदैन भन्ने सन्देश पनि दिइरहेको छ, राजभवनद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ।