गान्तोक। राज्य सरकारको निर्देश बमोजिम विभागका अधिकारीहरूले हप्तामा एक पल्ट फाइलमा होइन फिल्डमा हुनु पर्छ भन्ने कुरालाई कार्यन्वयन गर्दै मंगन जिल्लाका जिल्लापालले आज फिल्ड भिजिट गरे। जिल्लापालले केही महिनादेखि प्रत्येक शुक्रबार फिल्ड भिजिट शुरू गरेका छन्। विशेष गरेर यो मनसुनको समयमा विभिन्न ठाउँमा प्रकृतिले क्षति पुऱ्याउने भएको कारण यस विषयमा अगावै सतर्क गराउन साथै यस प्रकारको घटनालाई नियन्त्रण गर्ने उद्देश्यले फिल्ड भिजिट गरेका हुन्।

निरीक्षण टोलीमा जिल्लापाल डा. एबी कार्की लगायत विभिन्न विभागका अधिकारीवर्ग पनि सामेल रहेका थिए। यस अवसरमा टोलीले लुपन थिसुङ छिरिङ लाचेनपा सरकारी विद्यालय, आइसीडीएस केन्द्रको निरीक्षण गरे भने निरीक्षणको क्रममा उक्त विद्यलयमा पिउने पानीको कमी, पानी बग्ने नालाको सही व्यवस्था नभएको विद्याल पक्षले जानकारी गरायो।