कोलकाता: पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी गम्भीर रुपमा घाइते भएकी छिन्। उनलाई अस्पताल लगिएको छ, र त्यहाँ उपचार भइरहेको छ। टीएमसीले एक्समा एक तस्वीर पोस्ट गरेर यो जानकारी दिएको छ। तस्वीरमा मुख्यमन्त्री ममता ब्यानर्जीको निधारमा गहिरो चोट लागेको र धेरै रगत बगेको देखिन्छ। उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। तृणमूल कांग्रेसले ट्वीटरमा लेखेको छ, ‘हाम्री अध्यक्ष ममता ब्यानर्जीलाई चोट लागेको छ। आफ्नो प्रार्थनाहरूमा उनलाई पनि सामेल गर्नुहोस्l’ मुख्यमन्त्री ममता ब्यानर्जीलाई यो चोट कसरी लग्यो भन्नेबारे अहिलेसम्म जानकारी बाहिर आएको छैन। लोकसभा चुनावको घोषणा हुनुअघि उनी राजनीतिक कार्यक्रममा निकै सक्रिय छिन्। संचारमाध्यमहरूका समाचार अनुसार, उनको उपचारो लागि मेडिकल टिम गठन गरिएको छl










