गान्तोक: कृषि प्रविधि व्यवस्थापन निकाय (एटीएमए), कृषि विभागद्वारा आज सुन्तलेस्थित एकलव्य मोडल आवासीय विद्यालयमा पृथ्वी आमामाथि दिगो कृषि अभ्यासका लागि माटो स्वास्थ्य सम्बन्धी विद्यालयमा स्वास्थ्य कार्यक्रम पाइलट परियोजना कार्यक्रम आयोजना गरियो।
उक्त कार्यक्रममा एकलब्य आवसीय मोडल विद्यालयका प्रचार्य डा. अमर कान्ति जना, उप निर्देशक डा. नेशन राई लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य युवाहरूलाई माटोको स्वास्थय र महत्त्वबारे जानकारी गराउनु साथै विद्यार्थीहरूलाई माटोको ज्ञानबारे जानकारी गराउँदै दिगो खेती अभ्यासलाई प्रवर्द्धन गर्नु रहेको थियो।

कार्यक्रममा स्रोतवक्ता वसन्त तामाङले पावर पोइन्ट प्रस्तुतीकरणको माध्यमद्वारा माटोको स्वास्थ्यबारे जानकारी गराए, जसमा उनले विद्यार्थीहरूलाई माटो परीक्षणको विधि, नमूना र माटोको स्वास्थ्यको महत्त्वबारे बहुमूल्य अन्तरदृष्टिबारे पनि अवगत गराए। उनले माटोको स्वास्थ्य र बिरुवाको बृद्धिबीचको गतिशील सम्बन्धलाई विद्यार्थीले बुझ्नुपर्ने आवश्यकतामा पनि जोड दिए। उनले पर्यावरणमैत्री खेतीलाई अपनाउनु पर्ने विषयमा कार्यक्रममा जानकारी गराए। कार्यक्रममा कृषि विभागका उपनिर्देशक डा. राष्ट्र राईले डीएसई एलसँगको सहकार्यमा डीए र एफडब्ल्यूले सञ्चालित विद्यालय माटो स्वास्थ्य कार्यक्रमको पाइलट प्रोजेक्टबारेमा जानकारी दिए।










