खरसाङ: खरसाङ खण्डको पाण्डु ग्राम पञ्चायत अन्तगर्त अम्बटेको पाँच घरेमा उप स्वस्थ केन्द्र भवन निर्माण कार्यको शिलान्यास जीटीएको माहिला एंव बाल कल्याण विभागकी कार्यकारी सभासद कल्पना प्रधानको बाहुलीबाट विधिवत् पूजा अर्चनासहित सम्पन्न भयो। जीटीए अनि पञ्चायत चुनावपछि पंखाबारी लंगभ्यु अम्बटे समष्टिमा विकासको कार्यहरू तीब्र गतिमा भइरहेको र यसै अन्तर्गत यस समष्टिको अम्बटेमा उप स्वास्थ्य केन्द्रको शिलान्यास कार्य सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। आज सम्पन्न शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी सभासद कल्पना प्रधानले अम्बटेको पाँच घरेमा उप स्वस्थ्य केन्दको निर्माणले
यस क्षेत्रका मानिसहरूलाई धेरै सुविधा हुने जनाइन्। अम्बटे क्षेत्रमा जीटीएमार्फत् धेरै विकासमूलक कार्यहरू भइरहेको पनि उनले जनाइन्। उनले आगामी लोकसभामा चुनाव सबै पार्टी कार्यकर्ताहरूलाई संगठित भई पार्टी हितमा कार्य गरिदिने अनुरोध गरिन्। उनले आज शिलान्यास गरिएको उप-स्वस्थ्य केन्द्रको निर्माण कार्य गुणस्तरीय हुन पर्ने जनाइन्। आज सम्पन्न शिलान्यास कार्यक्रममा खरसाङ खण्ड समिति सदस्य भक्तिमान तामाङ, भागोप्रमो अम्बटे खण्ड समिति अध्यक्ष अमृत छेत्री, सचिव तुसार राई, ग्राम पञ्चायत सदस्यगण साथै पार्टीका भातृ संगठनका प्रतिनिधिहरू उपस्थिति रहेको थिए।