खरसाङ: खरसाङ नगरपालिका वार्ड नम्बर २ कोे टेकवीर बस्तीमा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरिएको छ। विगत धेरै दिनदेखि वार्ड नम्बर दुई टेकवीर बस्तीका जनताले सार्वजनिक भवन नभएर भोगीरहेका समस्यालाई समाधान गर्दै सार्वजनिक भवन निर्माण खरसाङको सिँचाइ विभागद्वारा निर्माण गरिने भएको छ। प्रगति परिवार प्रगति समाजकोे पहलमा भएको शिलान्यास कार्यक्रममा २८ नम्बर समष्टिका सभासद श्याम शेर्पा मुख्य अतिथिकोे रूपमा उपस्थित थिए। उक्त शिलान्यास इसाई धर्म रीति अनुसार चर्चकोे फादरद्वारा प्रार्थना अनि हिन्दू धर्मका पुरोहितद्वारा विधिपूर्वक पूजा अर्चना गरी शिलान्यास राखियो। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीका कार्यवाहक अध्यक्ष सन्दीप बलले सङ्गठित भएर गरेकोे कार्य निश्चय नै सफल हुन्छ र यो निर्माण कार्य अनित थापाकाे कुशल नेतृत्त्वले गर्दा नै भएको हो र निर्माण कार्य शुरु भएपछि सबैले सहयोग गरिदिने आग्रह गरे। यस अघि भागोप्रमो खरसाङ टाउन कमिटीका कार्यवाहक सचिव तथा प्रगति परिवार प्रगति समाजका मूल सचिव बीरबल पाख्रीनले टेकवीर बस्तीलाई विगत समयमा नचिने पनि अनित थापाकोे सोच अनि मायाले यस गाउँमा थुप्रै विकासमूलक कार्यहरु भएको बताएका छन्। अन्त्यमा वार्ड कमिटीका सचिव नरेन तामाङले यसरी टेकवीर बस्तीलाई अनित थापाले माया गरेर विकाशमूलक कार्य गरिदिएमा धन्यवाद दिँदै यसको साटो सम्पूर्ण टेकवीर बस्तीले आगामी लोकसभा चुनावमा भोटकोे दिएर चुकाउने छ भनी बताएका छन्।