गान्तोक: सत्तारुढ सिक्म क्रान्तिकारी मोर्चा (एसकेएम)का उम्मेदवारहरूको झुटो सूची सामाजिक संजाल प्लेटफर्म र व्हाट्सएपमा व्यापक रूपमा साझा भइरहेको छ। जवाफमा, एसकेएमले एक विज्ञप्ति जारी गर्दै स्पष्ट पारेको छ कि उनीहरूले उम्मेदवारहरूको कुनै आधिकारिक सूची जारी गरेका छैनन् किनकि उनीहरूको संसदीय बोर्ड अझै गठन भएको छैन। ‘फेसबुक र व्हाट्सएपमा एसकेएम पार्टीका किर्ते उम्मेदवारहरूको सूची फैलिएको हाम्रो ध्यानाकर्षणमा आएको छ’, एसकेएमले स्पष्ट पार्दै भन्यो, ‘सिकिम क्रान्तिकारी मोर्चा पार्टीले हाम्रो संसदीय बोर्ड गठन नभएकाले आधिकारिक उम्मेदवारको सूची जारी गरेको छैन।’ पार्टीले यस्ता भ्रामक पोस्ट सेयर नगर्न सबैलाई आग्रह गर्दै यस्तो हानिकारक सामग्री सिर्जना र प्रसारण गर्ने समाज विरोधी तत्वहरुको निन्दा गरेको छ।