खरसाङ महकुमा अस्पतालमा नयाँ मेल वार्डको उदघाटन

IMG-20240314-WA0192.jpg

खरसाङवासीको लागि खुशीको दिन हो: सभासद श्याम शेर्पा

खरसाङ: खरसाङ महकुमा अस्पतालमा आज नयाँ पुरुष वार्डको उदघाटन गरिएको छ। उक्त नयाँ पुरुष वार्डको उदघाटन जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पाको बाहुलीबाट सम्पन्न गरिएको छ। यसको साथै अस्पतालमा अक्सीजन प्लान्टको पनि शुरु गरिएको छ भने डिजिटल एक्सरे र छ बेडको एसडीयुलाई १२ बेडमा बढोत्तरी गरिएको छ। खरसाङ महकुमा अस्पतालमा नयाँ पुरुष वार्डको उदघाटन कार्यक्रममा सभासद प्रणाम रसाईली, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधान, दिवस छेत्री लगायत भागोप्रमो पार्टीका पदाधिकारीहरू उपस्थित रहेका थिए।

उक्त उदघाटन कार्यक्रमपछि पत्रकारहरूसित कुराकानी गर्दै जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पाले यो क्षण खरसाङवासीको लागि एकदमै खुशीको कुरा र यो दिन ऐतिहासिक दिन रहेको बताएका छन्। उनले खरसाङ महकुमा अस्पतालमा नयाँ मेल वार्ड नर्सिङ होम जस्तै भएको बताउँदै यसलाई सबै मिलेर सम्हालेर लानु पर्ने र यसको संरक्षण गर्नु पर्ने बताएका छन्। उनले यहाँ यो काम एकदमै राम्रो भएको र अहिलेको नयाँ टेक्नोलोजी प्रयोग गरिएको कारण एकदमै राम्रो बनिएको बताएका छन्। एमओडी सभासद श्याम शेर्पाले यसको लागि जीटीए प्रमुख अनित थापा लगायत सम्बन्धित सबैमा धन्यवाद ज्ञापन गरेका छन्। त्यसरी नै खरसाङ महकुमा अस्पतालको एसडीएमओ डा. रुमी मण्डलले बिरामीको राम्रो व्यवस्थापनका लागि थप पुरूष वार्डको आवश्यकता रहेको अनि यस आवश्यकतालाई पुर्ण गरिदिएकोमा उनले जीटीएलाई उनीहरूको समर्थनको लागि कृतज्ञता व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement