खरसाङ: बंगलादेश–भारत लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धको प्रतिक बंगलादेशका लागि पूर्व भारतीय राजदूत हर्षवर्धन श्रृङ्लाको नाममा बरिशालको बाकेरगञ्जमा निर्माणाधीन सडकको नामकरण गरिएको छ।
सन् १९७१ को स्वतन्त्रता संग्रामका क्रममा भएको नरसंहारका ३६० पीडितको सम्झनामा जिल्लाको बाकेरगञ्ज उप जिल्लाको कोलोसकाठीमा सडक निर्माण भइरहेको छ।
तीन किलोमिटर सडकले उपजिल्ला अन्तर्गतको कोलोसकाठी युनियनको हीराधर गाउँलाई नरसंहार भएको कोलोसकाठी बजारसँग जोडेको छ। सरकारी कोषमा सडक निर्माण भइरहेको छ।
“यो सडक परियोजनामा आर्थिक सहयोग गरेकोमा म सरकारलाई विशेष धन्यवाद दिन चाहन्छु। यो सडक भारत–बंगलादेश मित्रताको सदाबहार उदाहरण हो,’ रुहुल अमिनले भने।
पूर्व भारतीय राजदूत बंगलादेशमा हुँदा नरसंहार स्थलको भ्रमण गरेका थिए। उनको भ्रमणको सम्मानमा सडक निर्माण भइरहेको बताइएको छ।
तीन किलोमिटर सडकले उपजिल्ला अन्तर्गतको कोलोसकाठी युनियनको हीराधर गाउँलाई नरसंहार भएको कोलोसकाठी बजारसँग जोडेको छ। सरकारी कोषमा सडक निर्माण भइरहेको छ। नसरिन जहाँले पहिलो पटक विदेशी प्रतिष्ठित व्यक्तित्व भएकाले उक्त सडकको नाम हर्षवर्धन श्रृङ्लाको नाममा राखेको बताइन्।
उनले बंगलादेशका लागि भारतको उच्चायुक्तको रुपमा काम गर्दा श्रृङ्लाले घटनास्थलको भ्रमण गरेको बताइन्।
सन् १९७१ को स्वतन्त्रता संग्रामका क्रममा कोलोसकाठी बजारमा अल्पसंख्यक समुदायका ३६० जनाको ज्यान गएको स्थानीयले बताएका छन्।

सो क्रममा पाकिस्तानी सेनाले कोलोसकाठीका विभिन्न क्षेत्रबाट अल्पसंख्यक हिन्दू समुदायका मानिसहरूलाई उठाएर बजारको नहरको किनारमा लगेर गोली हानी हत्या गरी शवलाई नहरमा फालिदिएको थियो।
“३६० जनालाई त्यहाँ फ्याँकिएपछि नहरको पानी रगत रातो भयो। अहिले त्यो स्मारकले हामीलाई समयको सम्झना दिलाउँछ,’ नरसंहारका प्रत्यक्षदर्शी पोरिमोल कुण्डुले भने।