गुवाहाटी: राज्यमा उद्योग अनुकूल वातावारण निर्माण भएपछि बितेको दुई वर्षमा ५० लाख करोड़ रुपियाँको विनिवेश असममा भइरहेको छ। यीमध्ये केही विनिवेश भइसकेको छ भने केहीको प्रक्रिया भइरहेको छ।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले आज राजधानी दिसपुरस्थित लोकसेवा भवनमा आयोजित एक संवाददाता सम्मेलनलाई सम्बोधन गर्दै उपरोल्लेखित आशयको जानकार गराए। उनले भने, सरकारको सही नीतिहरूको कारणले आज पेप्सी, कोका-कोला जस्ता बहुराष्ट्रिय कम्पनीहरू असममा आइरहेका छन्।
मुख्यमन्त्रीले भने, केन्द्र सरकारद्वारा पूर्वोत्तर उद्योग उन्नति योजनाको नाममा नर्थ ईस्ट इण्डस्ट्रियल प्रमोशन पोलिसी (एनईईपी) पुनः शुरू गरिएको छ जसान्तर्गत सब्सिडी दिनको लागि सरकारद्वारा दश हजार करोड़ रुपियाँको पूँजी आवन्टन गरिएको छ। यस योजना अन्तर्गत एक करोड़ रुपियाँसम्मको उद्योग सअथापना गर्नेहरूलाई ७.५ प्रतिशत सब्सिडी दिइनेछ भने ब्यांक लोनमा पनि ५ प्रतिशत छुट दिइनेछ। उनले बताए, म्यान्युफ्याक्चरिंग सेक्टरसित सम्बन्धित उद्योग स्थापना गर्नेहरूले यस योजना अन्तर्गत सेन्ट्रल जीएसटीको राशि पनि फिर्ता पाउनेछन्।
मुख्यमन्त्रीले बताए, क्रेडिट ग्यारण्टी स्कीम अन्तर्गत मूलधन फिर्ता गरिने सम्बन्धि सिडबीसित सम्झौता गरिएको कारणले विभिन्न राष्ट्रियकृत ब्यांकहरूद्वारा असमका लघु उद्योगहरूलाई २० लाख रुपियाँको लोन दिसकिएको छ। उनले बताए, सरकारले ग्रीन पावर इण्डस्ट्रियल इन्सेन्टिभ पोलिसी, असम इलेक्ट्रनिक इण्डस्ट्रियल इन्सेन्टिभ पोलिसी आदि ल्याइरहेको छ ताकि आगामी दिनमा यहाँ सोलर प्यानल, सोलर लाइट सहित मोबाइल, क्यामरा आदिको उद्योग स्थापना गर्न सकियोस्।








