भत्काइयो अवैध निर्माण गरेकाे बहुतले भवन
सिलगढी: सिलगढी महानगरपालिकाले अवैध निर्माण विरुद्ध निरन्तर अभियान चलाइरहेको छ। बिहीबार महानगरपालिकाको वार्ड नं ३६ मा एक अवैध निर्माण भत्कायो। वार्ड नम्बर ३६ मा पाइपलाइनको छेउमा रहेको क्षेत्रमा अवैध रूपमा बहुतले भवन निर्माण गरिएको थियो।त्यो बहुतले भवनमा प्ले स्कुल पनि थियो। घरधनीले दुई तला मात्रै निर्माण गर्न अनुमति लिएका थिए तर चौथो तलासम्म अवैध रुपमा निर्माण गरेका छन्। सिलगढी महानगरपालिकाबाट पटक–पटक नोटिस पठाए पनि भवन मालिकले अवैध निर्माण भत्काउन सकेनन्। महानगरपालिकाका कर्मचारीले पुलिस प्रशासनको उपस्थितिमा अवैध निर्माण भत्काएका हुन्।

उल्लेखनीय छ, बहुतले भवनको माथिल्लो भाग यसअघि नै भत्काइएको थियो। तर पछि पनि घरधनीले निर्माण सुरु गरेका थिए। त्यसैले आज अवैध निर्माण पूर्ण रुपमा भत्काइएको छ। अप्रिय घटना हुन नदिन ठूलो संख्यामा पुलिस बल परिचालन गरिएको थियो।










