निश्चल र गरिमाको डेब्यु फिल्म ‘लण्डन टु पेरिस’ ७ जूनमा

London-to-paris-final-poster-Date-Announcement

काठमाडौं: अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र निश्चल खड्काको अभिनय रहेको फिल्म‘लण्डन टु पेरिस’यसै वर्ष ७ जून  (२०८१ जेठ २५ गते) रिलिज हुने भएको छ। निर्माण पक्षले बिहीबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। पोस्टरमा साम्राज्ञी र निश्चलले रोमान्टिक मुडमा लिपलक गरेका छन्। फिल्ममा साम्राज्ञी र निश्चलका अलावा कविर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिष श्रेष्ठ र मनिष गान्धीको अभिनय छ। फिल्मबाट निश्चल र गरिमाले नेपाली रजतपटमा ‘डेब्यू’ गर्दैछन्। एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन्। अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन्।

ट्राभल लभस्टोरी जनराको फिल्ममा घनश्याम लामिछानेको निर्देशन छ। सनिश खकुरेल सह–निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता छन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ। फिल्ममा अभेद परवको डीओपी, हर्कुलस बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *