रवि लामिछाने र दिपेश पुनबारे सदनमा उठ्यो प्रश्न

Photo-2

काठमाडौं: प्रतिनिधि सभाको बिहीबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेशलाई कारवाहीको माग उठेको छ। कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई कारबाही गर्न माग गरेका हुन्। उनले भने, ‘सहकारी ठगी र सुन प्रकरणमा पनि पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको छ। यदि यस्तो भयो भने यो देशमा आम जनताले बलिदानीबाट संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएको छ। त्यसप्रति निराश हुनेछन्। र वर्तमान सरकारको विरुद्धमा जनता सडकमा आउनेछ। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यस्तै कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेको नियुक्तिका विषयमा सरकारसँग जवाफ माग गरेको छ। बैठक प्रारम्भ हुनासाथ कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद बद्रीप्रसाद पाण्डेलाई बोल्न समय दिएका थिए। सांसद पाण्डेले अनुसन्धानमा जोडिएका व्यक्ति सरकारमा पुगेकोमा असन्तुष्टि व्यक्त गरे। उनले सो विषयमा निष्पक्ष छानबिन हुनेमा आशंका व्यक्त गरे। सांसद पाण्डेले सो विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट यथाशीघ्र जवाफ दिन सभामुखसँग रुलिङको माग गरे। तत्पश्चात् सभामुख घिमिरेले सदनमा उठेका विषयमा आफ्नो ध्यानाकर्षण भएको र सरकारले यसबारे ध्यान दिने विश्वास व्यक्त गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *