(कविता)  सिजनल पहाड

Darjeeling-A-copy

सिजनहरू चलिरहन्छ पहाडमा

प्रकृतिले सीजन बद्ले झैं

कहिले पर्यटनको सीजन

कहिले फेस्टिवलको

कहिले गोर्खाल्याण्डको

कहिले बोनसको

कहिले जुलूसको

र अहिले सीजन छ

दिउँसो शिलान्यासको

बेलुकी फिलान्यासको

फिलान्यास ब्रोइलरको

कहीँ सुंगुरको, कहीं राँगाको

फिलान्याससँग शहीद हुन्छन्

ब्राण्डेड बोतलहरू,

अब झन ठूलो सीजन आउँदैछ भोटको

वाह! क्या मज्जा आउँछ!!

मूर्खहरूको गाउँमा आउनेछन्

ज्ञान बाँट्दै कालिदासहरू

आफू बसेको हाँगा काट भन्दै,

लोभीहरूको शहरमा पस्नेछन्

पैसा छर्दै कञ्जूसहरू ‘

धनको लोभ नगर्नु भन्दै,

कोठा कोठामा पस्नेछन्

अधर्मी, हत्यारा र भ्रष्टाचारीहरू

अहिंसा, इमान्दारी र धर्मको उपदेश दिंदै,

मन मनमा घुस्नेछन्

सपनाका सौदागरहरू

तिम्रो सपना मेरो सपना भन्दै

अनि विपनामा सोंड्कना लाउन

महँगाई, गरिबी, शोषण, अन्याय र अत्याचारको

बेरोजगारी, भोकमरी, कुपोषण र भ्रष्टाचारको

सीजन हो, फेरिन्छ

बेहोश नबन, होशमा आऊ

आफू हिँड्ने बाटो आफै बनाऊll

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *