केरलमा अफ्रिकी फूटबलरसँग कुटपीट अनि नस्लीय दुर्व्यवहार

IMG-20240314-WA0130.jpg

नयाँ दिल्ली: केरलको मलप्पुरम जिल्लामा एउटा फूटबल म्याचको अवधि आइवरी कोस्टका फूटबलरलाई खेदी-खेदी कुटियो। फूटबलरले भीड़ले उनीसँग नस्लीय दुर्व्यवहार पनि गरेको आरोप लगाएका छन्। घटनाको भीडियो अहिले सोशल मीडियामा भायरल भइरहेको छ। भीडियोमा नीलो रंगको जर्सी लगाएका डेरासौबा हसने जूनियर नामक फूटबलरलाई मैदानमा भीड़ले खेदाइरहेको अनि अन्तमा आइवरी कोस्टका फूटबलरलाई भीड़ले पक्रिएर कुटिरहेको देखिएको छ। केही दर्शकहरूले फूटबलरले उनीहरूमा एकजनालाई लातले हिर्काएको अनि त्यसले गर्दा नै घटना भएको आरोप लगाएका छन्। भीडियोमा सेतो टी-शर्ट लगाएका एकजना व्यक्तिलाई अफ्रिकी खेलाड़ीलाई बचाइरहेको देखिएको छ। पछिबाट फूटबलरलाई गेटबाट बाहिर पठाइएको भीडियोमा देखिएको छ। हसने जूनियरले घटनालाई केन्द्र गरेर स्थानीय थानामा नालिश गर्दा गरेका छन्। आइवरी कोस्टका फूटबलरले बताएअनुसार, उनको टीमलाई कर्नर किक हासिल भएको थियो। उनी त्यही कर्नर किक लिन पोजिशन लिइरहेको समय भीड़ले उनीसँग नस्लीय दुर्व्यवहार गरे। यसको साथमा उनले भीड़ले उनलाई ढुंगाले हिर्काएको आरोप पनि लगाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement