किन ठगिँदैछन् त युवाहरू?

वैदेशिक रोजगारको प्रलोभन देखाएर लाखौँ रुपयाँकाे ठगी भइरहेको घटनाहरू बारम्बार प्रकासमा आउन थालेपछि वरिष्ठ अधिवक्ता बिरेन्द्र रसाईलीले भिडियो जारी गरेर दिए महत्त्वपूर्ण जानकारी।
तिनले प्रसाशन लगायत जीटीए प्रमुखलाई पनि यस्ता ठग एजेन्सी हरूलाई चिन्हित गरेर यथाशीघ्र कार्यवाही गरिदिने अनुरोध गरेका छन्। तिनले हाम्रा मानिसहरू आफ्नैहरू बाट ठगिरहेको बताउँदै वैदेशिक रोजगारमा जान चाहने युवाहरूलाई पनि सम्बन्धित विषय उचित जानकारी लिएर अनि रेजिसटाड अनि लैसंस प्राप्त एजेन्सीहरूबाट मात्र विदेश जाने सुझाव दिएका छन्।
तिनले निम्न वर्गीय परिवारका मानिसहरूले आफ्नो घरबार दाउमा लगाएर, अत्यन्तै उच्च व्याजदरमा ऋण लिएर यी ठग एजेन्सीहरूलाई पैसा दिइ आफ्नो असल भविष्यको सपना देख्ने गरेको बताएका छन्। तर यी ठग एजेन्सीहरूले युवाहरूलाई प्रलोभन देखाएर ठग्ने गरेको अनि वैदेशिक रोजगारमा लान्छु भनेर भिजिट भिजामा विदेशको इसक्यम कम्पनी हरूलाई युवाहरू बिक्री गर्ने काम गरिरहेको बताउँदै यो विषय अत्यन्तै संवेदनशील विषय रहेको बताएका छन्। पहाडमा यस्ता ठगी आफ्नै दाजु भाईहरूले गरिरहेको कारण चिन्ता व्यक्त गर्दै तिनले समस्त जनमानस सचेत रहनुपर्ने समेत बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *