सिलगढी: एसएफ रोडको दुबै छेउमा फुड लेन निर्माणको कार्य शुरु हुनेछ। फुड लेनकाे लागि सिलगढी नगरपालिकाले सडक छेउका धेरै पुराना रूखहरू काटेको छ। यसले सिलगढी शहरका नागरिकका साथसाथै पर्यावरण संगठनहरू पनि आक्रोशित भएका छन्।
यसैबीच, सिलगढी बीजेपी विधायक शंकर घोष बुधवार रूख काटेको विरोधमा प्रदर्शनमा उत्रिए। अनौठो तरिकामा, विधायकले एसएफ रोडमा प्लेकार्डसहित मौन विरोध मार्च निकाले। साथै, काटिएको प्रत्येक रूख मुनि बोर्डहरू लागाए।
विधायक शंकर घोषले ‘रुख काट्नुको विकल्प थिएन’ भनि प्रश्न उठाए। उनले रुख कटानमा वन विभागको भूमिकामाथि पनि प्रश्न उठाए। विकासका लागि हामीले धेरै कुरामा सम्झौता गर्नुपर्छ, तर यो न राष्ट्रिय राजमार्ग हो, न एसियाली राजमार्ग हो। रुख न काटेर पनि फुड लेन बनाउन सकिन्छ” उनले भनेे। यस विषयमा अदालत जाने उनले बताए।