सिक्किममा भाजपाको सरकार गठन भए जनजातिको मान्यता र एलटी सीट सम्भवः गिरीशचन्द्र राई

n5913246621710355358407bd139965b06fe54f528ccd78377d1846de08b89a330ee7781b9ab32238a24e4d.jpg

सिक्किममा सीएए लागू भयो भनेर दुष्प्रचार बन्द गरुन्ः पासाङ शेर्पा

गान्तोक: भारतीय जनता पार्टी (भाजपा) सिक्किमको सिङतामस्थित पार्टी मुख्यालयमा आज राज्यस्तरीय सामेल कार्यक्रम सम्पन्न भयो।

यस अवसरमा एसडीएफ पार्टीका संस्थापक सदस्य तथा पूर्व मन्त्री गिरीशचन्द्र राई र पूर्व विधायक उगेन नेडुप भोटिया आधिकारिक रूपमा भाजपामा सामेल भए।

यसरी नै राज्यका विभिन्न ठाउॅंहरूबाट लगभग पॉंच सय जना भाजपामा सामेल भएको जानकारी गराइएको छ। उनीहरू सबैलाई भाजपाका सिक्किम प्रभारी डा. दिलीप जैसवाल, प्रदेश भाजपा अध्यक्ष डीआर थापा तथा अन्य पदाधिकारीहरूले पार्टीमा स्वागत जनाए।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री गिरीशचन्द्र राईले सिक्किममा आज शान्ति र सद्भावनाको खॉंचो परेको छ भनी बताए। उनले विभिन्न राजनीतिक दलका कार्यकर्ताहरू एक अर्कालाई दुश्मनको रूपमा हेर्न थालेका छन् भने नेताहरूमाथि हमला हुन थालेको बताए। उनले स्थिति दिन प्रतिदिन अझ सोचनीय बन्दै गइरहेको छ भने अब सबैको भरोसा भाजपामाथि रहेको बताए।

उनले भाजपा सिक्किमे जनता, राज्यका आञ्चलिक पार्टीहरूका साथै सत्तारूढ़ पार्टीको निम्ति पनि भरोसा बनेको दाबी गरे। उनले आञ्चलिक पार्टीहरूमा कसैले राजनीति सिक्न सक्दैन रहेछ भन्ने आफ्नो अनुभव साझा गरे। उनले सिक्किममा भाजपाको सरकार गठन भएको खण्डमा छुटेका समुदायहरूलाई जनजातिको मान्यता र लिम्बू-तामाङ (एलटी) को सीट आरक्षणको मुद्दा पनि सम्भव रहेको आशा व्यक्त गरे।

यस अघि भाजपा नेता पासाङ शेर्पाले भाजपा जहिले पनि सिक्किमको पक्षमा खड़ा रहेको इतिहास साक्षी रहेको बताए। उनले क्षेत्रीय राजनीतिक दलहरू भ्रष्टाचारमा डुबेकाले सिक्किमको निम्ति आज जटिल समस्या उत्पन्न भएको बताउॅदै यो समस्याबाट भाजपाले मात्र पार लगाउन सक्ने दाबी गरे। उनले सिक्किमलाई भ्रष्टाचार मुक्त, ऋण मुक्त र मानसिक गरीबीबाट माथि निकाल्न सिक्किममा कमलको फूल फुलाउन आवश्यक रहेको बताए।

शेर्पाले नागरिकता संशोधन अधिनियम (सीएए) लाई लिएर राजनीतिक दलहरूले भ्रम फैलाउने काम गरिरहेको छ भन्दै सीएए सिक्किममा लागू नभएको दाबी गरे। उनले जबसम्म सिक्किम विधानसभाले राज्यमा सीएए लागू गर्ने कि नगर्ने भन्ने निर्णय लिॅंदैन तबसम्म सिक्किममा सीएए लागू हुने छैन भनी आश्वस्त गराए। उनले सिक्किमलाई धारा 371एफ को सुरक्षा प्राप्त रहेकाले यहॉं सीएए लागू हुने छैन भन्दै राजनीतिक दलहरूले मानिसहरूलाई दिग्भ्रमित गर्न बन्द गरुन् भनी बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *