जनताको पैसा खानेहरूलाई भाजपाले छोड्ने छैनः डा. दिलीप जैसवाल

n5913246601710355064688061b34370db43c4465e8f7bbe04e371e34f692852c9965b90edb84f2c4422777.jpg

दिल्ली, सिक्किममा भाजपाको सरकार गठन गर्न चाहन्छः डीआर थापा

गान्तोक: ‘सिक्किम र सिक्किमे जनताको पैसा लुट्नेहरूको खाता खोलिएको छ। कोही पनि बाच्ने छैनन्। पैसा जहॉं लुकाएर पनि हामी निकाल्ने छौ।’ उक्त कुरा भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता एवं सिक्किम प्रभारी डा. दिलीप जैसवालले आज सिङताममा आयोजित राज्यस्तरीय सामेल कार्यक्रमलाई सम्बोधन गर्दै भनेका हुन्।

उनले भ्रष्टाचारमा संलग्न राजनीतिज्ञहरूतिर इशारा गर्दै यस्ता व्यक्तिहरूको खाता तयार भइसकेको छ भने। उनले भ्रष्टाचारमा लिप्त व्यक्तिहरू विरूद्ध कुनै पनि समय कारबाही हुन सक्ने आसय व्यक्त गरे।

अर्कोतिर, सिक्किम प्रभारी जैसवालले सिक्किममा भाजपा एक्लै चुनावी मैदानमा जाने हो अथवा गठबन्धन गर्नेछ भन्ने कुरा आगामी तीन-चार दिनभित्र केन्द्रले निर्णय लिने जानकारी गराए। उनले कुनै राजनीतिक दलसॅंग गठबन्धन भएको खण्डमा पनि भाजपाले भ्रष्टाचार विरूद्ध आफ्नो कारबाहीलाई रोक्ने छैन भनी बताए।

उनले आफ्नो सम्बोधनमा राज्यमा भइरहेका हिंसाका घटनाहरूको पनि उल्लेख गरे। सिक्किमे जनताले हिंसा मन पराउॅंदैनन् भन्दै सरकारलाई सत्तामा जनताको सेवा गर्न र राज्यको विकास गर्न पठाएको उनले बताए। उनले सिक्किमलाई आय आर्जनको स्थायी स्रोत र स्थायित्व चाहिएको छ भने। उनले धारा ३७१एफ लाई संसारकै कुनै पनि शक्तिले उडाउन गर्न सक्दैन भनी भरोसा दिलाए।

यसैगरी, प्रदेश भाजपा अध्यक्ष डीआर थापाले भाजपालाई समर्थन गर्नु भनेको आफ्नो र भावी पीढीको भविष्यको सुरक्षा गर्नु रहेको बताए। उनले सिक्किमे जनतामाथि ठूलो जिम्मेवारी आइलागेको छ भन्दै आगामी चुनाउमा जनताले राम्रो सिक्किम बनाउने नेता छान्नुपर्छ भने। उनले भने, ‘सिक्किममा भाजपा बाहेक अरू कुनै विकल्प छैन। संसार आज मोदीसॅंग जोडिनु चाहन्छ भने सिक्किम किन नजोडिनु।’

भाजपालाई बाहिरको पार्टी भनेर संज्ञा दिएको विषयमा बोल्दै थापाले 50 वर्षको अन्तरालमा सिक्किमका क्षेत्रीय पार्टीहरूले राज्यलाई भ्रष्टाचार र ऋणमा डुबएको आरोप लगाए। उनले भाजपालाई बाहिरको पार्टी भन्नेहरू गरीब, युवा, चेली, किसान र विकास विरोधी रहेको ठहर गरे। उनले राज्यमा भाजपाको लोकप्रियता बढ्न थालेको छ भन्दै क्षेत्रीय राजनीतिक दलहरूको अस्तित्व संकटमा पर्न थालेकाले भाजपालाई बाहिरको पार्टी भनेर विरोध गरिरहेको बताए।

प्रदेश अध्यक्ष थापाले दिल्ली सिक्किमलाई लिएर निकै गम्भीर रहेको अवगत गराउॅंदै दिल्ली, सिक्किममा भाजपाको सरकार गठन गर्न चाहन्छ भनी बताए। सिक्किममा भाजपाको सरकार गठन गर्न दिल्ली तयार रहेको छ भने अब आफुहरू पनि तयार हुनुपर्ने उनले आह्वान गरे। उनले भाजपाबाट जनतालाई धोखा हुने छैन भन्दै सबै कुरा केवल भाजपाले गर्न सक्छ भने।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *