एसकेएमले विपक्षीजस्तो काम गरेको एसडीएफको आरोप

IMG-20240313-WA0248.jpg

गान्तोक: सत्तामा बसेर पनि सधैँ विपक्षी जस्तो कार्य गर्ने एसकेएमको राजनैतिक धर्म बनेको आरोप विपक्षी सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले लगाएको छ। आफै बोक्सी आफै धामी हुने राजनैतिक चरित्र भएको एसकेएमले मिथ्या आरोप लगाउनु, ,जालझेल गर्नु, षड्यन्त्र बुन्नु र अनर्गल र बेतुका बयान गर्ने काम गरेको आरोप छ। एसडीएफ प्रचार प्रशार मामिला उपाध्यक्ष कृष्ण खरेलले आज एक प्रेस बयान जारी गरी यस्तो आरोप लगाएको हो। उनको भनाइअनुसार एसकेएम पार्टीका कथित बौद्धिक भनेर जानिने सीपी शर्माले जुन शब्द, शैली र भाषामा एसडीएफ पार्टीको आलोचना गरेका छन् त्यो सभ्य समाजले स्वीकार गर्न सक्दैन। सीपी शर्मा केवल राजनीतिक कार्यकार्ता मात्र नभएर एक कवि र साहित्यकार पनि रहेको हुनाले उनीबाट समाजले त्यस्तो भाषा र अभिव्यक्तिको अपेक्षा नराखेको उल्लेख गरेका छन्। एसकेएमका प्रवक्ता सीपी शर्माद्वारा जारी प्रेस बयानमा एसकेएमको असली चरित्र उदाङ्गो भएको छ भन्दै उनले सरकारको दायित्व के हुन्छ, जिम्मेवारी के हो र कसरी अपराधीलाई कानुनको दायरामा ल्याएर दण्ड दिनुपर्छ भन्ने भुलेर अझै पनि आरोपको घिनलाग्दो खेल खेलिरहेको बताएको छ। सरकारमा आउनासाथ सीबीआई ल्याएर राज्यमा भएका भ्रष्टाचार, हत्या-हिंसाका मामिला र अपराधिक घटनाको जाँच गराई अपराधीलाई दण्ड दिने कुरा गर्ने एसकेएम पार्टीले यो पाँचै बर्षको सत्तासुखमा भुलिसकेको र अहिले उनीहरू त्यही पुरानो आरोपको सिँढी चढेर फेरि सत्ता सुखको सपना देख्न थालेको आरोप लगाएको छ। स्मरण रहोस्, एसडीएफ पार्टीका वरिष्ठ नेता केएन राईमाथि प्राणघातक हमला गरेको घामजस्तै छर्लङ्ग छ भन्दै खरेलले एसकेएम सरकारले मास्टर माइण्डलाई पक्राउ गर्नुको सट्टा अझ उक्त घटनालाई राजनैतिक भन्दै अपराधी बचाउने काम गर्नु निन्दनीय भएको कुरा सीपी शर्माले बुझ्नुपर्ने बताएको छ। पाँच वर्षको सत्ता सञ्चालनको नाकामी छोप्न उनीहरूसँग अरूलाई आरोप लगाएर आफू पानी माथिको ओभानु हुने प्रवृत्ति हाबी भएको भनाइ एसडीएफको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *