पूर्व मन्त्री गिरीशचन्द्र राई भाजपा-मा सामेल

IMG-20240313-WA0246.jpg

सिङ्गताम: वरिष्ट राजनीतिज्ञ तथा पूर्व मन्त्री गिरीश चन्द्र राई भारतीय जनता पार्टीमा सामेल भएका छन्। आज पूर्व सिक्किमको सिङ्गताममा प्रदेश भाजपा मुख्यालय परिसरमा आयोजित सामेल कार्यक्रममा उनले आधिकारिक रुपमा भाजपा-को सदस्यता ग्रहण गरेका हुन्। भारतीय जनता पार्टीका सिक्किम प्रदेश अध्यक्ष डा. दिलीप जयसवाल र प्रदेश अध्यक्ष तथा विधायक डीआर थापाले उनलाई पार्टीमा स्वागत जनाए। राईले हिजो मात्र सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टाबाट राजीनामा दिएका थिए। उनको साथमा राज्यका विभिन्न समष्टिबाट धेरैजनाले पनि भाजपाको सदस्यता ग्रहण गरे जसमा पूर्व विधायक उगेन नेडुप भोटया पनि सामेल छन्। आज पाँच सयभन्दा अधिक विभिन्न पार्टी त्यागेर भाजपामा सामेल भएको दावी गरिएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गिरीश चन्द्र राईले सिक्किममा शान्ति र सद्भावनाको निम्ति आफूले भारतीय जनता पार्टी रोजेको बताए। पूर्व विधानसभा अध्यक्ष केएन राईमाथि भएको आक्रमणको घट्नालाई उद्धृत गर्दै राज्यमा शान्ति र सुरक्षाको वतावरण नरहेको उनले दावी गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *