आइजोल: सुरक्षा बलहरूले मङ्गलबार राति आइजोलमा ७०० किलोग्राम भन्दा बढी विस्फोटक पदार्थ बरामद गरेको छ। सायरांग पुलिस र असम राइफल्स, अइज़ोल
बटालियन बीचको संयुक्त अपरेशनमा २८ थान ट्रू ब्लास्ट स्लरी विस्फोटक पदार्थ (प्रत्येक कार्टुन २५ किलो तौलको) र ४ डब्बा डेटोनेटर क्याप्स (प्रत्येक कार्टुनमा १२ किलो तौलको २५० डेटोनेटर क्याप्स) बरामद भएको छ। विस्फोटक को कुल वजन ७५० किलो छ। स्रोतका अनुसार शिपमेंट बाेकेकाे पिकअप ट्रकहररूलाई कोर टोलीसहित तीनवटा रणनीतिक रूपमा अवस्थित मोबाइल सवारी चेकपोष्टमा रोकिएको थियो। शिपमेंटलाई लेङपुईबाट सायरांग रोड हुँदै मणिपुर लै जाने योजना थियो। विस्फोटक साथै आइजोल मिशन वेंगका ३४ वर्षीय लालरोकिमा र २५ वर्षीय सांगलियानालाई, दुईवटा गाडीलाई नियन्त्रणमा लिएको छ। पिकअप ट्रकको तेस्रो चालक नाबालिग भएको र शिपमेंट विषय थाहा नभएको ले छाडिएको हो।
बरामद गरिएका विस्फोटक पदार्थहरु थप कानुनी कारबाहीका लागि १२ मार्च २०२४ मा सायरांग पुलिस थानामा बुझाइएको थियो।