आरबीआई गान्तोकद्वारा सोरोक-श्यामपानी जीपीयुमा वित्तीय साक्षरता शिविर आयोजित

unnamed-5

गान्तोक: आरबीआई गान्तोकद्वारा फ्लेयरअप दिशानिर्देश अन्तर्गत नाम्ची जिल्लाको नाम्ची खण्ड अन्तर्गत सोरोक-श्यामपानी जीपीयुमा स्वयंसहायता समूहका लागि १३ मार्चको दिन वित्तीय साक्षरता कार्यक्रम आयोजन गरियो। सहायक प्रबन्धक श्रीमती सर्बनी घोष अनि सहायक सुश्री पेमालह्मु भोटियाले कार्यक्रमको सञ्चालन गरेका थिए। कार्यक्रममा विभिन्न एसएचजीका करिब ४० जनाले सहभागिता जनाए। शुरुमा श्रीमती सर्बनी घोषले वित्तीय साक्षरता प्रसार गर्ने दिशामा भारतीय रिजर्भ ब्यांकको विकासीय भूमिकाबारे अवगत गराइन्। यसका साथै ब्यांकिङ क्षेत्रमा एसएचजी अनि यसका सदस्यहरूका लागि उपलब्ध सुविधाहरूबारे पनि उनले चर्चा गरिन्। राम्रो क्रेडिट स्कोर कायम गर्न प्रतिभागीहरूलाई ऋण प्राप्त गरी समयमा त्यसको पुनर्भुक्तानी गर्न उनले आग्रह गरिन्। यसै गरी पञ्चसूत्रको चर्चा गर्नका साथै स्थानीय एसएचजीहरूका सफल गाथाबारे पनि कार्यक्रममा चर्चा गरियो। यसका साथै साइबर धोकाधडीबारे पनि उनले प्रतिभागीहरूलाई खबरदारी गराइन्।

यसै क्रममा सुश्री पेमालह्मु भोटियाले पीएमजेजेबीवाई, पीएमएसबीवाई, आयुष्मान भारत र एपीआइ जस्ता सामाजिक सुरक्षाका योजनाहरूबारे चर्चा गरिन्। प्रत्येक योजनाको महत्त्वबारे विस्तार गर्दै योजनाका लाभ प्राप्त गर्ने तरिकाका साथै आरबीआइको एकिकृत लोकपाल योजनाबारे पनि जानकारी गराइन्। साइबर धोकाधडीबारे सचेत गराउन एउटा सडक नाटक पनि मञ्चन गरियो। अन्त्यमा प्रतिभागीहरूद्वारा सामान्य ब्याङ्किङ विषयबारे सोधिएका प्रश्नहरू पनि सम्बोधित गरियो। -पीआईबी

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *