चतुरागाछ गाउँका गाउँलेहरुले भोट बहिष्कार गर्ने निर्णय

Screenshot_20240313_210134_Samsung-Internet.jpg

राजगञ्ज: खोला तर्नका लागि पुल नहुँदा वर्षौंदेखि बाँसको चाचरी पुल बनाएर मानिसको आवतजावत हुने गरेको छ। पुलको माग गर्दै बिभिन्न ठाउँमा निवेदन समेत गरेको थियो तर पुल निर्माण हुन सकेको छैन। जसका कारण भारत–बंगलादेश सीमानजिकै रहेको राजगञ्ज ब्लकको सन्यासिकता ग्राम पञ्चायतको चतुरगाछ गाउँका गाउँलेहरू लोकसभा चुनाव बहिष्कार गर्ने सोचमा छन् ।गाउँको बिचबाट दहक खोला बग्ने गरेको छ। दशकौंदेखि पुल नहुँदा चतुरागाछ गाउँका बासिन्दा पीडामा छन्। धेरै ठाउँमा निवेदन दिए पनि पुल बन्न सकेको छैन। यसैबीच, लोकसभा चुनाव फेरि आउँदैछ। गाउँलेहरू यस वर्षको लोकसभा चुनाव बहिष्कार गर्ने सोचमा छन्।गर्मीयाममा बाँसचाचरी जाने र वर्षायाममा नआउने गरेको स्थानीयवासीले बताएका छन्। बजार, स्कुल कलेज, अफिसजस्ता सबै कामका लागि खोलाको बाटो भएर जानुपर्छ। पुल नहुँदा गाउँ पञ्चायतका पदाधिकारीदेखि जनप्रतिनिधिसम्मलाई थाहा छ। चुनावका बेला नेताहरूले पुल बनाउने वाचा गरेका थिए तर आज पनि पुल बन्न सकेको छैन। त्यसैले गाउँलेहरु भोट बहिष्कार गर्ने सोचमा छन् ।यहाँ सन्यासिकता ग्राम पञ्चायतका प्रमुख रुवा खानमले पुलको विषय मेरो जानकारीमा रहेको बताइन्। उच्च अधिकारीलाई जानकारी गराइएको छ। भोट बहिष्कार गर्ने सोच्नेहरुले भोट बहिष्कार गर्नु हुदैन। लोकसभा चुनावपछि पुल निर्माण हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement