जेएनभीका विद्यार्थीहरूलाई लिएर इन्टर्नशीप कार्यक्रम सम्पन्न

IMG-20240313-WA0245.jpg

गान्तोक: जोरथाङस्थित चिसोपानीमा सञ्चालित सीसीसीटीको पहलमा राभाङलाको पीएम श्री जेएनभी विद्यालयका छात्राहरूलाई लिएर इन्टर्नशीप कार्यक्रम आयोजना गऱ्यो। यस कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य इञ्जिनियरिङको निम्ति विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गरिनु रहेको थियो।

गत १ मार्चदेखि शुरू भएको यस प्रशिक्षण कार्यक्रमको हिजो समापन भयो, जसमा कूल 80 जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए। कार्यक्रममा विद्यार्थीहरूलाई उनीहरूको रुचि र शैक्षिक पृष्ठभूमिको आधारमा मेकानिकल, सिभिल, इलेक्ट्रिकल, कम्प्युटर र इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषयमा काम सुम्पिएको थियो।

यस कार्यक्रमले विशेष गरेर विद्यार्थीहरूलाई तत्काल अनुभवन, तकनिकी ज्ञानमा बढावा र पेशागतरूपमा वृद्धि गर्न सकिने तालिम प्रदान गरियो।

About Author

Advertisement