पीएम विश्वकर्मा योजनामाथि सचेतना कार्यक्रम

IMG-20240313-WA0244.jpg

गान्तोक: प्रधानमन्त्री विश्वकर्मा योजनालाई लिएर एक सचेतना कार्यक्रम आज राजधानीस्थित चिन्तन भवनमा सम्पन्न भयो। भारत सरकारको सूक्ष्म, लघु अनि मध्यम उद्याम (एमएसएमई) विकास एवं सुविधा कार्यालयद्वारा आयोजना गरिएको यस कार्यक्रममा गान्तोक नगर निगमका उपमेयर छिरिङ पाल्देन भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने एमजी मार्गका पार्षद सन्दीप मालु लगायत अन्य पार्षदहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर छिरिङ पाल्देन भोटियाले पीएम विश्वकर्मा योजना अनि एमएसएमई योजनाको उद्यामीहरूले लाभ उठाउनु पर्ने साथै एमएसएमई योजनाको लाभ उठाएर समाजलाई योगदान पुऱ्याउनु पर्ने आग्रह गरिन्। उनले उद्यमीहरूलाई आफ्नो उद्यममा सफल हुन र आर्थिक बृद्धि र विकासमा योगदान पुर्‍याउन आवश्यक वित्तीय उपकरण र स्रोतहरू उपलब्ध गराएर सशक्तिकरण गर्न यस योजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले सहभागीहरूलाई उनीहरूको जीविकोपार्जनको वृद्धिलाई बढावा दिन डिजाइन गरिएका योजनाहरूको फाइदा लिन पनि आग्रह गरिन्। सोही प्रकारले एमएसएमईका सहनिर्देशक निर्मल चौधरीले एमएसएमई, विकास सहजीकरण कार्यालय (डीएफओ) ले पीएम विश्वकर्मा योजना र सूक्ष्म, साना र मध्यम उद्यामीहरूको लागि विभिन्न महत्त्वपूर्ण केन्द्रीय क्षेत्र योजनाहरूको बारेमा जानकारी गराए। उनले प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम (पीएमईजीपी) को बारेमा जानकारी गराउँदै, जसले देशको ग्रामीण तथा शहरी क्षेत्रमा नयाँ स्वरोजगार उद्यम/परियोजना/ लघु उद्यम स्थापना गरी रोजगारीका अवसरहरू सिर्जना गर्ने लक्ष्य राखेको छ।

चौधरीले लघु र साना उद्यमहरूको लागि क्रेडिट ग्यारेन्टी कोष ट्रस्टको बारेमा प्रकाश पारे, जसले उत्पादन र सेवा उद्यमीहरूलाई उत्पादकता बढाउन र एमएसएमईहरूलाई जीएसटी प्लेटफर्ममा अनबोर्डिङको लागि प्रोत्साहन प्रदान गर्दै आइरहेको अवगत गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *