सुकुना: २३ वर्षपछि पहाडमा फर्की आएको पञ्यायती राजले सबैको मुहारमा खुशी ल्याएको छ। पहाडको विभिन्न ठाँउहरूमा पंचायत समिति अनि ग्राम पंचायतको विभिन्न परियोजनाहरूको शिलान्यास धमाधम भइरहेको छ। यस कार्यमा सुकना ग्राम पंचायत पनि अक्षूत रहेको छैन। जन आकाक्षां अनि जनताको असुविधालाई समाधान गर्न सुकना ग्राम पंचायत क्षेत्रभित्र गरिने दुई करोडभन्दा अधिक राशीको कार्यको यस ग्राम पंचायत कार्यालय अघि विधिवत् शिलान्यास गरियो।ग्राम पंचायत प्रधान श्रीमती मञ्जु उरावँले फिता काटी तथा उप-प्रधान सुनिल प्रधानले नरिवल फुटाएर शिलान्यास गरिएको यस कार्यक्रममा पंचायत सदस्यहरू,पंचायत सचिव-कर्मचारीवर्ग तथा सुकना स्वास्थ्य केन्द्रका विएमओएच चित्रलेखा सरदार लगायत क्षेत्रका गणमान्य व्यक्तिहरूको विशेष उपस्थिति रहेको थियो। यसै परियोजनाहरू मध्ये सुकना ग्राम पंचायतले कौशल विकासको कार्यक्रम पनि आरम्भ गरेको छ। क्षेत्रका युवावर्गको सुनौलो भविष्य तथा उनीहरूलाई रोजगारमुखी बनाउन यस कार्यको थालनी गरिएको सुकना ग्राम पंचायतका सचिव पारसमणी मंगरले बताए।कौशल विकास कार्यक्रम अन्तर्गत स्वस्थता विषयमा हिमालयन जिमका कर्णधार जयराज प्रधानले सबैलाई स्वस्थ्यप्रति जागरूप गराउँदै फिटनेस मार्फत धेरै रोजगारको अवसरहरू रहेको जनाए।यसै दिनदेखि सुकना ग्राम पंचायत अनि हिमालयन जिम सुकनाको संयुक्त तत्ववाधानमा फिटनेस ट्रेनिङ क्याम्प आरम्भ गरिएको जानकारी गराउँदै यसको सफल प्रशिक्षण पछि उत्तीर्ण भएकाहरूलाई प्रमाण पत्र सहित रोजगारको अवसर प्रदान गरिने उनले अझ बताए। यस्तो कार्यको थालनी गर्ने सुकना ग्राम पंचायतजीटीए क्षेत्रभरि सम्भवत: पहिलो ग्राम पंचायत रहेको बताउँदै यसको निम्ति उनले सुकना ग्राम पंचायतप्रति आभार प्रकट गरेका छन्।