दार्जिलिङ: कांग्रेस नेता विनय तामाङले केन्द्र सरकारले लागु गरेको नागरिकता संशोधन अधिनियम (सीएए) विषयमा प्रतिक्रिया दिएका छन्। उनले आज दार्जीलिङमा पत्रकारहरूसित कुराकानी गर्दै सीएएको मुद्दा गृहमन्त्री अमित शाहले पहिले राखेका थिए र उनीहरूले पहिले सीएए त्यसपछि एनआरसी र राष्ट्रभरि लागू गर्ने योजना बनाएका थिए भनी बताएका छन्। अहिले सीए लगाएपछि एनआरसी र एनपीआर (जनसंख्या दर्ता) लागु गराउन खोजेको बताएका छन्। उनले भने कि एनआरसी र एनपीआरले देशभरका अल्पसंख्यकहरूमा डर छ। त्यसैले सीएएलाई पहिले हुनुपर्छ भनी छलफल गरियो। सीएएको मुद्दामा उनले भने कि भूटान जस्ता ठाउँबाट पनि गोर्खाहरूलाई शरणार्थी भनेर बाहिर निकालिएका थिए। उनीहरू भारतमा बसिरहेका छन् र भूटानबाट शरणार्थी बनाएर खेदाइएको गोर्खा शरणार्थीहरूलाई पनि सीएएमा अन्तर्भुक्त गरियोस् भनी बताएका छन्। त्यसरी नै १९५० मा तिब्बतबाट आएका शरणार्थीहरूलाई पनि सीएएमा समावेस गरियोस् भनी बताएका छन्। यसै क्रममा पत्रकारहरूले दार्जिलिङ निर्वाचन क्षेत्रका कांग्रेस उम्मेदवारको बारेमा सोध्दा उनले उनीहरुको माथिल्लो तहले निर्णय गर्ने र स्पष्ट तस्विर यो महिनाको १६ तारिखसम्म देखा पर्नेछ भनी बताएका छन्।