पूर्वोत्तर क्षेत्रद्वारा वरिष्ठ महिला अन्तर-क्षेत्रीय बहु-दिवसीय ट्रफीको लागि टोली घोषणा

img-101

उत्तर पूर्व क्षेत्र छनोट समितिले आगामी वरिष्ठ महिला अन्तर-क्षेत्रीय बहु-दिवसीय ट्रफी २०२३-२४ को लागि उत्तर पूर्वी क्षेत्रको टोली घोषणा गर्‍यो। प्रतियोगितामा उत्तर पूर्वी क्षेत्र पहिलो पटक प्रतिस्पर्धा गर्दैछ। टूर्नामेन्ट २८ मा शुरु हुनेछ। २८ मार्चदेखि शुरु हुने पहिलो क्वाटरफाइनलमा उत्तर पूर्वी क्षेत्रको टोलीले पूर्वी क्षेत्रसँग प्रतिस्पर्धा गर्नेछ। सेमिफाइनल अप्रेल ३ मा शुरु हुनेछ भने फाइनल खेल अप्रेल ९ मा हुनेछ। भारतको घरेलु क्यालेन्डरमा ६ वर्षपछि महिला रातो बल क्रिकेट पुनरागमन हुँदैछ। यो कदम भारतीय महिला टोलीको टेस्ट क्रिकेटमा फर्किएपछि आएको हो। टोलीलाई अन्तिम रूप दिनको लागि छनोट समितिले मार्च ९ मा ताज विभान्ता, गुवाहाटीमा बोलाएको थियो। सिक्किम क्रिकेट संघका अध्यक्ष तथा क्षेत्रीय संयोजक टिका सुब्बाको अध्यक्षतामा भएको बैठकमा एपेक्स काउन्सिल, बीसीसीआई काउन्सिलर मामन मजुमदार र अरुणाचल प्रदेश, मणिपुर, मेघालय, मिजोरम, नागाल्याण्ड र उत्तर पूर्व राज्य संघका अधिकारी र चयनकर्ताहरू उपस्थित थिए।

About Author

Advertisement