देशभरिमा ३ लाख एनसीसी क्याडेट्स भर्ती गरिने

newproject-2023-01-30t123621-246-1675062794.jpg

नयाँ दिल्ली:  रक्षा मन्त्री राजनाथ सिंहले बुधवार ३ लाख क्याडेट्स भर्ती गर्नका साथै राष्ट्रिय केडेट कोर (एनसीसी) को विस्तार प्रभावलाई अनुमति दिएका छऩ्। यस विसितारले देशभरिका शैक्षणिक संस्थानहरूमा एनसीसीको बढ्दो माग पूरा हुने अनुमान छ।

यस अनुमतिका साथै एनसीसीसित अब २० लाख केडेट्सको स्वीकृत संख्या हुनेछ, जसले यसलाई विश्वको सबैभऩ्दा ठूलो वर्दीधारी युवा संगठन बनाउनेछ।

वस्तुतः १९४८ मा केवल २०,००० केडेट्सको साथ एनसीसीको गठन भएको थियो। ऱाष्ट्रिय शिक्षा नीति २०२० अनुसार, एनसीसीलाई एक वैकल्पिक विषयको रूपमा पेश गरिएको छ। यसैले तीन लाख केडेट्स भर्ती गर्नका साथै राष्ट्रिय केडेट कोर (एनसीसी) को विस्तार प्रस्तावलाई अऩुमति दिइएको छ। एनसीसीको यो विस्तार देशको भावी मार्गदर्शकको रूपमा अहम भूमिक निभाउने युवाहरूको आकांक्षाहरूलाई पूरा गर्ने दिशामा एक ठूलो कदम हो। सबै राज्यहरू र केन्द्र शासित प्रदेशहरूमा उनीहरूको अनुपातको हिसाबले भर्ती गरिनेछ, जसबाट एनसीसीका इच्छुक शैक्षणिक संस्थानहरूको प्रतीक्षा सूचीमा कम् आउनेछ।

मन्त्रालय अनुसार, यस विस्तार योजनामा चार नयाँ समूह मुख्यालयहरू र दुई नयाँ एनसीसी एकाईहरूको स्थापना सामेल छ। यस विस्तार योजनाको एक महत्वपूर्ण पहलू यो छ कि यसमा पूर्व सैनिकहरूलाई एनसीसी प्रशिक्षकहरूको रूपमा राखिने प्रस्ताव छ, जसबाट उनीहरूको कौशल र लामो अनुभवको लाभ उठाउन सकियोस्। यस पहलले एनसीसी क्याडेट्सलाई गुणवत्तापूर्ण प्रशिक्षण सुनिश्चित हुन सक्नेछ र उनीहरूका लागि रोजगारको अवसर उत्पन्न हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement