अश्विन फेरि बने विश्वका नम्बर एक टेस्ट बलर

IMG-20240313-WA0190.jpg

दुबई: आफ्नो १००औं टेस्ट म्याचमा ९ विकेट लिने भारतका दिग्गज अफ् स्पिनर रविचन्द्रन अश्विनले आईसीसी टेस्ट बलरहरूका ऱ्याङकिंगमा फेरि शीर्ष स्थान हासिल गरेका छन्। यसको साथमा टोलीका कप्तान रोहित शर्मालाई पनि व्यापक फाइदा भएको छ। उनी टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा शीर्ष १०-मा सामेल भएका छन्। अहिले उनी आईसीसी टेस्ट ब्याटरहरूका ऱ्याङकिंगमा छैटौं स्थानमा पुगेका छन्। ईंग्ल्याण्ड विरुद्ध धर्मशालामा खेलिएको टेस्ट म्याचमा अश्विनले असाधारण प्रदर्शन गर्दै पहिलो ईनिंग्समा ४ र दोस्रो ईनिंग्समा ५ सहित म्याचमा ९ विकेट लिएका थिए अनि भारतले पाँचौं टेस्टमा यादगार जीत हासिल गरेको थियो।
आईसीसीले बताएअनुसार, अश्विनले टीमका साथी पेस बलर जसप्रीत बुमराहलाई पछि छोड़ेर शीर्ष स्थान हासिल गरेका छन्। उनी यस सालको शुरुवातमा पनि शीर्ष स्थानमा थिए। यसरी धर्मशालामा शतक बनाउने रोहित ५ स्थानको जम्प लगाएर छैटौं स्थानमा पुगेका छन्। अहिले उनी शीर्ष स्थानमा रहने न्यूजील्याण्डका केन विलियम्सभन्दा १०८ रेटिंग पोइण्ट्स पछि रहेका छन्। यशस्वी जयसवाल (२ स्थान अघि बढ़ेर आठौं) र शुभमन गिल (११ स्थान अघि बढ़ेर २०औं स्थान)-लाई पनि बेन स्टोक्सको कप्तानीमा रहने टीम विरुद्ध असल प्रदर्शनको ईनाम प्राप्त भएको छ। यी दुवैले करियरको सर्वश्रेष्ठ ऱ्याङकिंग हासिल गरेका छन्।
क्राइस्टचर्चमा न्यूजील्याण्ड विरुद्ध दोस्रो टेस्टमा ६ विकेट लिने अष्ट्रेलियाका पेस बलर जोश हेजलवुड बुमराहसँग संयुक्त रूपले दोस्रो स्थानमा छन्। अश्विनसँग भारतीय टीमको स्पिन आक्रमण सम्हाल्ने कुलदीप यादवले पनि करियरको सर्वश्रेष्ठ ऱ्याङकिंग हासिल गरेका छन्। ईंग्ल्याण्ड विरुद्ध धर्मशाला टेस्टमा ७ विकेट लिएर प्लेयर अव् द म्याच चयन हुने कुलदीपले १५ स्थानको जम्प लगाएर १६औं स्थान हासिल गरेका छन्। न्यूजील्याण्डका म्याट हेनरी (६ स्थान अघि बढ़ेर १२औं स्थान) पनि करियरको सर्वश्रेष्ठ ऱ्याङकिंगमा पुगेका छन्। भारतका स्पिनर रविन्द्र जडेजा टेस्ट अलराउण्डरहरू सूचीमा ४४४ रेटिंग पोइण्ट्सको साथ शीर्षमा कायम छन्। अश्विन दोस्रो, बंग्लादेशका शाकिब अल हसन तेस्रो र ईंग्ल्याण्डका जो रुट तेस्रो स्थानमा रहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement