दार्जीलिङ: लोकसभा चुनाव विकासको निम्ति होइन संसदमा हाम्रो मुद्दा पूराउने चुनाव हो भनी हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। दार्जीलिङको माल रोडस्थित हाम्रो पार्टी केन्द्रीय कार्यालयमा हाम्रो पार्टी केन्द्रीय समितिको बैठक सम्पन्न भयो। दुई घण्टाभन्दा लामो समयसम्म चलेको बैठकपछि पार्टी अध्यक्ष अजय एडवाडर्सले भने, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ता एंव दार्जीलिङ लोकसभा आसनबाट तृणमूल कांग्रेसको उम्मेद्वार गोपाल लामाले बाघडोगरा हवाई अड्डामा पत्रकारहरूसंगको कुराकानीमा हामीले विकास गर्दै गयौ भने गोर्खाको मुद्दा आफै आफ हराएर जान्छ भन्ने जो बयान दिएका थिए,त्यस बयानको हामी कठोर शब्दमा निन्दा गर्छौं।’
अध्यक्ष अजय एडवाडर्सले अघि भने, सन् १९८६ देखि २०१३, २०१७ आदिको गोर्खाल्याण्ड आन्दोलनमा धेरैले ज्यान गुमाएका छन्। नाबलिकाहरूले आफ्नो आमा बाउ गुमाएका छन्। पत्नीले पति गुमाएका छन्। वृद्व आमा बाउहरूले आफ्नो छोरा-छोरीहरू गुमाएका छन्। यी सबै विषयहरू विकास गर्दै गए बिर्सिएर जान्छ भन्ने भागोप्रमो कार्यकर्ता एंव तृणमूल उम्मेद्वार गोपाल लामाको बयानलाई हामी कठोर भाषामा निन्दा गर्छौं।’
भागोप्रमो अध्यक्ष अनित थापाले आफ्नो कार्यकर्ता एंव उम्मेद्वारलाई कुन प्रकारको शिक्षा दिन्दैछ भन्दै अध्यक्ष एडवाडर्सले प्रश्न तेर्साए। विकास गर्दै गए मुद्दा बिर्सिएर जान्छ भन्ने सोच र धारना भएका पार्टी र उम्मेद्वारको पहाडवासीले जराबाट उखेर फाल्नेछ। मुद्दा हराए जाति हराउँछ,जाति हराए माटो हराउँछ अनि गोर्खा नै नरहे हाम्रो अस्तित्व के हुन्छ भन्ने प्रश्न अध्यक्ष एडवाडर्सले तेर्साए। अब हुने लोकसभा चुनाव हाम्रो निम्ति विकासको लागि होइन, आफ्नो क्षेत्रलाई विकाशित गर्ने चुनाव भनेको जीटीए, नगरपालिका आदि हो तर भागोप्रमो समर्पित तृणमूल उम्मेद्वार गोपाल लामाको सोचले स्पष्ट भएको छ यदि उनी संसद निर्वाचित भएर गएको खण्डमा संसदमा उनले नाला झोडाको कुरा मात्र राख्ने रहेछ। यस्ता सोच र विचारलाई अन्त्य गर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले समस्त मतदाताहरू समक्ष अनुरोध गरेका छन्। त्यसरी नै हाम्रो पार्टी केन्द्रीय महासचिव फुर्तेम्बा भूटियाले भागोप्रमो कार्यकर्ता एंव तृणमूल उम्मेद्वार गोपाल लामाले बाघडोगरा हवाई अड्डामा पत्रकारहरूसंगको कुराकानीमा विकास गर्दै जानु पर्छ मुद्वा आफै हराएर जानेछ भन्ने जस्तो जो बयान दिएका छन् त्यसमा हामी विरोध जनाउँछौ। हाम्रो पार्टीको गठन गोर्खा जातिको उन्थान र जातिको निकाशको निम्ति जन्मिएको पार्टी हो त्यसैकारण गोपाल लामाको बयानको हामी विरोध जनाउँछौ तिनले भने।महासचिव भूटियाँले अधि भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले आफ्नो पार्टीको नाममा गोर्खा शब्द राख्ने नैतिक अधिकार हराएको तिनले बताए।गोर्खाको मुद्वा हराएर लैजाने सोच भएको पार्टी एंव उम्मेद्वारलाई हराउँन हामी कुनै पनि हदसम्म जान तयार छौ महासचिव फुर्तेम्बा भूटियाँले भने।