नेपालको पोयट आईडलमा तीनधारेका कवि अनिल ब्राह्मण अन्तिम दशमा प्रवेस

IMG-20240313-WA0187.jpg

खरसाङ: तीनधारेका युवा कवि अनिल ब्राह्मण उर्फ गोर्खे चार्ली नेपालमा भईरहेको पोइट आईडल सिजन दुईको अन्तिम दशमा प्रवेस गरेका छन्। खरसाङ महकुमा अन्तर्गत तीनधारेको सत्र माइल निवासी कवि अनिल ब्राह्मण (गोर्खे चार्ली) नेपालको पोइट आईडल सिजन दुईमा आफ्नो प्रस्तुति दिईरहेका छन्। हालमा कवि अनिल काठमाण्डौंमा पोइट आईडलमा रहेका छन्। उनले हालैमा आफ्नो उत्कृष्ट प्रस्तुति दिएर अन्तिम बाह्रबाट अन्तिम दशमा पुगेका छन्। अन्तिम दशमा झनै प्रतिस्पर्धा कड़ा हुने भएकोले उनले आफ्ना शुभचिन्तकहरू, कविताप्रेमी, संगीत, कला र साहित्यसित सम्बन्धित सबैलाई साथै सबै सबैलाई भोटिङको लागि अपिल गरेका छन्। अन्तिम बाह्रमा पनि बटम टु परेर तत्काल कविता लेखेर बिजयी बनेका अनिल विद्रोही उर्फ गोर्खे चार्लीले यसपाली सबैलाई भोट गरिदिएर अघिल्लो चरणमा पुग्नलाई सहयोग गरिदिने निवेदन गरेका छन्। अब उनको अन्तिम दश समूहको प्रस्तुति भएपछि आगामी मंगलबारदेखि भोट गर्नु पर्ने भएकोले सबैप्रति सहयोगको अपेक्षासहित निवेदन पनि गरेका छन्। कवि अनिल ब्राह्मणले पहिलेबाटै दुईवटा कविताहरू ‘विद्रोहीका विद्रोहहरू’ र ‘मिठाईको खोल’ प्रकाशित छन्। उनी कविको साथै हाँस्य कलाकार, नाटककार पनि हुन्। उनले कलाकारको रूपमा धेरै काम गरिसकेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement