सोनादा: एनएच ११० अन्तर्गत दिलराम फाटकदेखि बागौडा फाटकसम्म रहेको अढाई किलोमीटरको रोडको पीडब्ल्युडी कन्ट्रयाक्टर वेलफेयर एसोसिएशनको सभा सम्पन्न भएको छ। उक्त सभामा नयाँ कमिटी गठन गरिएको छ। उक्त कमिटीमा सभापति नवीन गुरुङ, उप सभापति सागर प्रधान, सचिव रेवाङ लामा, सह सचिव पंकज राई, कोषाध्यक्ष छिरिङ शेर्पा, कार्यकारी सदस्यहरू क्रमैले राजेस गुरुङ, आरएन प्रधान, एमके राई, अनिल लामा, दिवस लामा, सचिन राई, निकेस राई, साङ्गे शेर्पा, सल्लाहकार पीके गुप्ता आदि चयन गरिएका छन्।