स्कूल सामु रक्सीको दाेकन खोलेको विरोधमा सड़क अवरोध

pro.jpeg

मालदा: इंग्लिश बजार ब्लकको कोतवाली क्षेत्रमा ग्रामीणहरूले स्कूल सामु रक्सीको दाेकन खोलेको विरोधमा मालदह-रतुआ राजमार्गलाई अवरोध गरी विरोध प्रदर्शन गरे। ग्रामीणहरूले दाबी गरे, केही महिनाअघि उनीहरूले स्कूल सामु रक्सीको दाेकन खोल्ने अनुमति नदिनका लागि विभिन्न स्तरहरूमा अपील गरेका थिए। तर यसलाई स्वीकार गरिएन।

स्थानीय मानिसहरू अनुसार कोतवाली क्षेत्रको लिचु-मोड़ क्षेत्रमा नरहट्टा हाई स्कूल सहित केतिपय निजी स्कूलहरू छन्। शिक्षण संस्थान सामु सरकारद्वारा अनुमोदित रक्सी दाेकन खोलिएको छ। यसले गर्दा नानीहरूको पढ़ाईसँगसँगै पर्यावरणलाई पनि क्षति पुऱ्याउन सक्ने भयले स्थानीयहरूलाई सताइरहेको छ। बुधवार उनीहरूले बाँस राखेर तथा टायर बालेर सड़क अवरोध गरे। माइकिंगको माध्यमबाट पनि विरोधको प्रचार गरियो। इंग्लिश बजार थानाको पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो।

मौसमी पाल नामक एक प्रदर्शनकारीले बताइन्, क्षेत्रमा रक्सी दाेकन खोलिएको छ। हामी यसलाई स्वीकार गर्दैनौं। हामी प्रशासनसित रक्सी दाेकन बन्द गराउने माग गर्दछौं। यहाँ एउटा स्कूल छ, त्यसैको अगाड़ि रक्सी दाेकन खोलिएपछि यहाँको परिवेश प्रभावित हुनेछ।

अर्को एकजना प्रदर्शनकारीले बताए, ”मैले पछिल्लो चार महिनादेखिकै पुलिस अभियोजन पक्षसित अपील गर्दै आइरहेको छु कि यहाँ रक्सी दाेकन खोल्न नदिइयोस्। डीएमदेखि आईसी सबैलाई बताए, तर कहीँ पनि सुनवाई भएन। आज यसैको विरोधमा हामीले पथ अवरोध गरेका हौं।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement