नयाँ दिल्ली: भोटाकनका प्रधानमन्त्री छिरिङ टोब्गे १४-१८ मार्चसम्म भारतको आधिकारिक यात्रामा आउनेछऩ्। जनवरी २०२४ मा पदभार ग्रहण गरेपछि प्रधानमन्त्री टोब्गेको यो पहिलो विदेश यात्रा हो।
विदेश मन्त्रालय अनुसार, प्रधानमन्त्री टोब्गेको साथ आउने प्रतिनिधिमण्डलमा विदेश मामिलाहरू र विदेश व्यापार मन्त्री, ऊर्जा एवं प्राकृतिक संसाधन मन्त्री, उद्योग, वाणिज्य एवं रोजगार मन्त्री र भोटानको शाही सरकारका वरिष्ठ अधिकारी सामेल हुनेछन्। यस यात्रामा भोटानका प्रधानमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मूसित भेट गर्नेछऩ् र प्रधानमन्त्रीको साथ द्विपक्षीय वार्ता गर्नेछन्। विदेश मन्त्री र अन्य गणमान्य वक्तिले भोटानका प्रधानमन्त्रीसित भेट गर्नेछऩ्। यस अवधि उनी मुम्बई पनि जानेछऩ्।
मन्त्रालय अनुसार, भारत र भोटानबीच सबै स्तरहरूमा विश्वास, सद्भावनामाथि आधारित मित्रता र सहयोगको अनुकरणीय सम्बन्ध छ। भोटानका प्रधानमन्त्रीको यात्रा दुवै पक्षलाई हाम्रो अनौठो साझेदारीमा प्रगतिको समीक्षा गर्ने र भारत-भोटानबीच मित्रता र सहयोगको स्थायी सम्बन्धहरूको विस्तार गर्न तरीकाहरू र साधनहरूमाथि चर्चा गर्ने अवसर प्रदान गर्नेछ।