खरसाङ क्षेत्रका विद्यार्थीहरूलाई लिएर चुनाव सचेतना कार्यक्रम सम्पन्न

IMG-20240313-WA0183.jpg

खरसाङ: खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूमा चुनाव सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरिएको छ। लोकतान्त्रिक पध्दतिमा निष्पक्ष, निर्भिक र स्वतन्त्र चुनाव गराउन चुनाव विषयमा विभिन्न स्थानहरूमा चुनाव सचेतनामूलक कार्यक्रमहरू आयोजना भईरहेको छ। यस क्रममा चुनाव विषयमा विद्यार्थीहरूलाई पनि जानकारी गराउन साथै विद्यार्थीहरूमार्फत् अभिभावकहरूलाई सचेत गराउन खरसाङ क्षेत्रका विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई लिएर चुनाव सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी प्राप्त भएको छ। सूचना अनि सांस्कृतिक विभाग खरसाङले दिएको जानकारी अनुसार आज खरसाङको सन्त जेभियर्स उच्चत्तर माध्यमिक विद्यालय र तीनधारे महानदी समष्टिको आईएनए मेमोरियल माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई चुनाव सम्बन्धमा सचेतना गराइएको छ। विशेष गरी विद्यालयको बिहानको एसेम्बलीको समय नानीहरूलाई चुनाव विषयमा सचेतना गराउँदै शपथ गराइएको छ।

विद्यार्थीहरूलाई शपथ लिइएको पर्ची घरमा अभिभावकको हस्ताक्षर गराएर ल्याउनलाई वितरण पनि गरिएको छ। विद्यार्थीहरूलाई सठीक मतदानको लागि शिक्षा दिन साथै चुनावमा भाग लिनलाई सचेतना गराइएको छ। विशेष गरी नानीहरूलाई सचेत गराइए घरमा गएर आफ्ना अभिभावकहरूलाई पनि सचेत गराउँछन् भन्ने उद्देश्यको साथमा विद्यार्थीहरूलाई सचेतना गराइएको छ। उक्त प्रकारको सचेतना कार्यक्रम विभिन्न विद्यालयहरूमा जारी रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement