नयाँ दिल्ली: यस साल वेष्ट इण्डिज र अमेरिकाको संयुक्त आयोजनमामा हुने टी२० वर्ल्ड कपमा भारतीय क्रिकेट टीमका दिग्गज ब्याटर विराट कोहली नखेल्ने सम्भावना रहेको छ। एउटा रिपोर्ट अनुसार, बीसीसीआईको चयन समिति र टीम म्यानेजमेण्टले उनलाई टीमबाट बाहिर राख्न सक्छन्। क्रिकेटमा रनको वर्षा गर्ने ३५ वर्षीय कोहलीको ब्याटिंग गर्ने तरिका टी२० प्रारूपको अनुरूप रहेको छैन। कोहली पहिलो बलदेखि नै चौका र छक्का लगाउने ब्याटर होइनन्। उनी ईनिंग्सलाई बाँधेर राख्ने भूमिका निर्वाह गर्छन्, जुन वर्तमान टीम इण्डियाको सोचमा फिट हुँदैन। यसैकारण कोहलीको तेस्रो नम्बर स्थानमा सूर्यकुमार यादव, शुभमन गिल र रिंकू सिंह जस्ता खेलाड़ीहरूलाई मौका दिइने सम्भावना रहेको छ। यसबारे बीसीसीआई-ले अन्तिम फसेला लिने अधिकार अजित अगरकरको अध्यक्षतामा रहने चयन समितिलाई दिएको छ।
कोहली टी२० इण्टरनेशनल प्रारूपमा सर्वाधिक रन बनाउने ब्याटर हुन्। उनले टी२०आई-मा ४०३७ रन बनाएका छन्। कप्तान रोहित शर्मा ३९७४ रनको साथ दोस्रो स्थानमा छन्। कोहलीको निम्ति टी२० टीममा स्थान पक्का गर्ने अन्तिम मौका २२ मार्चदेखि शुरु हुने आईपीएल २०२४ हुनेछ, जहाँ उनले आरसीबी-बाट खेल्दै असल प्रदर्शनको साथ चयनकर्ताहरूका मन जित्न सक्छन्। कोहली अफगानिस्तान विरुद्ध सीरीजदेखि नै प्रतिस्पर्धी क्रिकेटबाट बाहिर रहेका छन्। उनले ईंग्ल्याण्ड विरुद्ध ५ वटा टेस्ट म्याचको सीरीजमा पनि हिस्सा लिएनन्।