१ अगस्त: बन्दाखेती स्पोर्टिंग क्लब (Bandakheti Sporting Club)-को तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा सोमवार एउटा म्याच खेलियो। लंगभ्यू बन्दाखेती खेल मैदानमा भएको म्याचमा गोर्खा बोइजले अफ्रिकी खेलाडीहरुले सुसज्जित ३४ एफसी-लाई पेनल्टी शूट-आउटमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२ को बराबरीमा रहेको थियो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।
About Author
Post Views: 190